
Darted rhino. The translocation of ten Greater one-horned rhinoceros (Rhinoceros unicornis) from Royal Chitwan National Park to Royal Bardia National Park is a joint initiative of the Department of National Parks and Wildlife Conservation, King Mahendra Trust for Nature Conservation and WWF Nepal Program. . By establishing a new, viable population of rhinos in Bardia, human-rhino interactions are not only reduced in Chitwan but so is the threat of extinction should a natural or other disaster hit Chitwan. 2003. Terai Arc, Nepal
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा गैंडाको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ।
मंगलबार दिउँसो पौने १ बजे कावासोती नगरपालिका-७ कृष्णसार सामुदायिक वनमा गैंडाले आक्रमण गर्दा एक जना वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जेसी शाहले जानकारी दिए।
वनमा गाईवस्तु चराउने क्रममा ६५ वर्षीय सुकबहादुर बोटेमाथि गैंडाले आक्रमण गरेको हो।
आक्रमणबाट उनको छातीमा गम्भीर चोट लागेको थियो। उपचारको लागि कालिगण्डकी अस्पताल पुर्याइएको थियो। चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।