काठमाडौं । एकपछि अर्को नेताका यौनकाण्ड बाहिरिने क्रम नरोकिएपछि नेकपा एमाले बदनाम बन्दै गइरहेको छ । पार्टीका प्रभावशाली नेताकै अश्लिल तस्बिर र भिडिओ क्लिप सार्वजनिक भइरहँदा यसले एमाले पार्टीकै बदनाम गरिरहेको हो ।
यसैक्रममा नेकपा एमालेबाट चुनाव जितेका सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामासमेत अश्लिल भिडिओ च्याटमा रमाउने गरेको खुलेको छ । एकजना युवतीसँग अश्लिल भिडिओ च्याट गरिरहेको भिडिओ दियोपोस्टले फेला पारेको छ ।
जुन भिडिओमा अध्यक्ष लामाले युवतीलाई सबै कपडा खोल्न लगाएर नग्न बनाएको देख्न सकिन्छ । ३ मिनेट २३ सेकेन्डको भिडिओमा युवतीलाई नग्न बनाएर पछि आफूले पनि अश्लिल हर्कत गरेका छन् । भिडिओ च्याटमार्फत नै अध्यक्ष लामाले ति युवतीसँग अश्लिल हर्कत गरेका हुन् । प्राप्त भिडिओ दृश्यले गाउँपालिका अध्यक्ष लामाको चरित्र र आचरणमाथि प्रश्न उठाएको छ ।
मलाई कुनै डर छैनः अध्यक्ष लामा
प्राप्त भिडिओ सक्कली नै भएको स्वयम् गाउँपालिका अध्यक्ष लामाले नै घुमाउरो रुपमा स्वीकार गरेका छन् । भिडिओ ३ वर्षअघिको भएको आफूलाई पनि थाहा भएको तर म पीडित हुँ भनेर कोही व्यक्ति पनि नआएकोले यसलाई बाहिर ल्याईरहनुपर्ने कुनै जरुरी नरहेको उनको तर्क छ । ‘यो भिडिओ ३ वर्षअघिको हो भन्ने कुरा मैले पनि थाहा पाएँ’, उनी भन्छन्, ‘तर म पीडित हुँ भनेर कुुनै पनि व्यक्ति नआएको अवस्थामा मलाइ कुनै डर छैन ।’
भिडिओ सक्कली या नक्कली नै हो भन्नेबारेमा उनले सिधा जवाफ दिन नचाहेपनि उनले भिडिओमा भएको व्यक्ति आफू नै रहेको घुमाउरो रुपमा स्वीकार गरेका छन् । यसबारे दियोपोस्टले अरु प्रश्न गर्न थालेपछि उनले जवाफ दिन सकेनन् भने यसबारे भेटेर कुराकानी गर्ने भनेर फोन राखिदिए । पछि फोन नलाग्ने बनाएर सम्पर्कविहीन भए ।
पीडित नै नआए पनि चरित्रमाथि प्रश्न
गएको स्थानीय तहको निर्वाचनमा लामाले ५ हजार ६ सय ८ मत प्राप्त गरेर गाउँपालिका अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । उनले कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका दोर्जे स्याङ्बो तामाङलाई पराजित गर्दै चुनाव जितेका थिए । अघिल्लो निर्वाचनमा पनि लामा पाँचपोखरी थाङपाल गाउँपालिकाकै अध्यक्षमा निर्वाचित थिए । यसको अर्थ उनी नेकपा एमालेको तर्फबाट बलिया जनप्रतिनिधि हुन् ।
तर, दुई पटकसम्म पालिकाको अध्यक्ष हाँकिसकेका अध्यक्ष लामा परस्त्रीसँग अश्लिल भिडिओ च्याटमा व्यस्त हुने गरेको विषयले उनको चरित्रमाथि प्रश्न उठाएको छ । उनी पनि नैतिक पतनको बाटोतर्फ अग्रसर भएको विषय उजागर गरिदिएको छ । एमालेभित्र यौन दुराचारी र व्यभिचारीको बिगबिगी बढ्दै गर्दा त्यो समूहमा गाउँपालिका अध्यक्ष लामा पनि थपिएका छन् । एमाले महासचिव शंकर पोखरेलले पार्टी भित्र यौनका विषयलाई लिएर नेताहरुमा गम्भीर आचरणको समस्या भएको भन्दै कारबाही गर्नुपर्ने लिखित प्रस्ताव नै गरेका थिए । तर, एमाले त्रि सुधार प्रस्ताव राख्ने र प्रश्न गर्नेमाथि कारबाहीको डण्डा समेत चलाउने गरिएको छ ।
भाटभटेनीका साहु मिन बहादुर गुरुङसँग करिब डेढ अर्ब बराबरको जग्गा र भवन घुस लिएको विषयमा प्रश्न गरेको भन्दै सचिवालय सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनामाथि कारबाहीको तयारी गरिँदैछ ।
अपडेट
गाउँपालिका अध्यक्षको खण्डन,‘युवतीसँग कुरा गरेको हुँ, चरित्र हत्या भयो कानुनी लडाइँमा छु’