माओवादी रुकुम पूर्वको जनवर्गीय संगठनहरुको संयुक्त बैठक सम्पन्न

- बालाराम शेर्पाली  

रुकुमपूर्व । नेकपा माओवादी केन्द्र रुकुमपूर्वको जनवर्गीय संगठनहरुको संयुक्त बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टीको जनवर्गीय संगठनहरुको संयुक्त बैंक तथा प्रशिक्षण कार्यक्रम बिशेष गरि आगामी मंसिर १६ गते हुन लागेको उप–निर्वाचन बिशेष रुकुमकोटमा सम्पन्न भएको हो ।

संयुक्त बैंक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि, पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य गणेशमान पुनले विपक्षीहरुले जति फुर्ती देखाए पनि अन्ततः पुथा उत्तरगंगा गाउँपालिकाको उप निर्वाचन माओवादी केन्द्रको पक्षमा हुने बताए । पुर्व मन्त्री पुनले अहिले विपक्षहरु माओवादीहरुलाई फुटाउन सकिन्छ की भनेर ढुकेर बसेको र त्यो उनीहरुका लागि दिवा सपना मात्रै हुने बताएका हुन्।

‘रुकुम पूर्व जस्तो ठाउँमा माओवादी केन्द्रकै पहल कदमीबाट ठाउँ सडक पुर्‍याउने काम भएको छ । केही सडक नपुगेका वडाहरुमा सडक पुर्‍याउनकालागि माओवादी बाट निर्वाचित जन प्रतिनिधिहरुले निरन्तर सम्बन्धित ठाउँहरुमा घचघच्याइरहनुभएको छ । त्यो सँगसँगै उपाध्यक्ष र वडा अध्यक्षको निधनले पुथामा ठुलो क्षति भयो । यो समग्र पुथा उत्तरगंगा गाउँपालिकाको मात्रै नभइ सिङ्गो जिल्लाको लागि ठुलो क्षति भएको छ’, उनले भने, ‘उहाँहरुको सपना र लागेको घाउमा मलम लगाउनलाई पनि सबैले उपाध्यक्ष र वडा अध्यक्षमा उहाहरुकै नजिककै साथीभाई लाइ माओवादी केन्द्रले उम्मेदवार बनाएको छ । मलाई लाग्छ सबै त्यो दुख र उहाँहरुको सपना पुरा गर्नलाई भए पनि बहुमतका साथ जिताउनु हुनेछ । स्वर्गीय उपाध्यक्ष भूपेन्द्रा बुढाले त्यहाँको समुदाय अझ विशेष गरि महिला, बालबालिका र युवाको क्षेत्रमा उनीहरुको समस्या पहिचान गरेर समस्या समाधान तिरको काम गर्दै हुनुहुन्थ्यो तर बीचैमा निधन भयो । त्यो सपना सिङ्गो पार्टी र अब निर्वाचित हुने माओवादीका उम्मेदवारहरुले पुरा गर्नु हुनेछ ।’

संयुक्त बैंक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद तथा पार्टीका केन्द्र सदस्य पुर्ण बहादुर घर्तीले माओवादी केन्द्रले जितेका देशभरका स्थानीय तह हरुमा गुणात्मक काम भएको दाबी गरे । उनलेभ भने, ‘हामी अहिले संघीयता कार्यान्वयनको दोस्रो चरणमा छौं विभिन्न शक्तिहरुले यो महिलाको, दलितको, जनजातिको, मधेसीको, निम्न र सर्वहारा वर्गको हितमा बनेको संविधान मेटाउन अनेकौं जाल बुनिरहेका छन् तर माओवादीले त्यसको सदनमा र सडकमा सशक्त प्रतिवाद गरिरहेको छ । अहिले वाक स्वतन्त्रताको कुराहरू स्थापित हुदै गइरहेका छन् । यो माओवादीकै कारण भएको हो ।’

कार्यक्रममा नेकपा माओवादी केन्द्र रुकुम पूर्वका जिल्ला सह इन्चार्ज रामसुर बुढा मगरले जसले जे जस्तो व्याख्या विश्लेषण गरेपनि आसन्न उप निर्वाचनमा माओवादी केन्द्रले भारी मतले जित्ने बताउदै सबैलाई ढुक्क हुन आग्रह गरेका छन् ।

कार्यक्रममा पूर्व मन्त्री गणेशमान पुनको प्रमुख उपस्थिति रहेको थियो भने केन्द्रीय सदस्य तथा संघीय सांसद पुर्ण बहादुर घर्ती,  जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य तेजबहादुर ओली,  जिल्ला सह इन्चार्ज तथा केन्द्रीय सदस्य रामसुर बुढा, भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठ, बासुदेब गौतम लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

सिफारिस