
फाइल
भैरहा । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउको विरोधमा आज पनि भैरहवामा प्रदर्शन भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय रुपेन्देहीमा अहिले उनीसँग बयान लिने क्रम जारी छ भने बाहिर रास्वपा नेता कार्यकर्ताले लामिछानेको पक्षमा नाराबाजी गरेका छन् ।
पार्टीले हिजो पनि सोही ठाउँमा विरोध सभा गरेको थियो । बुटवलको सुप्रिम सहकारीमा बचत ठगी गरेको आरोपमा लामिछानेलाई हिजो कास्कीबाट रुपन्देही ल्याएको थियो। अहिले सरकारी वकिलको कार्यालयमा उनको बयान चलिरहेको छ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको भन्दै लामिछानेविरुद्ध सङ्गठित ठगी गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।