नग्न स्त्रीसँग च्याट गरेको पालिका अध्यक्ष लामाको स्वीकार, उनकै उजुरीले पुष्टि गरेको तथ्य हेर्नुस्

दियोपोस्ट संवाददाता

काठमाडौं । परस्त्रीसँग अश्लिल भिडियो च्याट गरेर चर्चामा आएका सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले प्रेस काउन्सिललाई नै बेवकुफ बनाइदिएका छन् । उनले दिएको झूटो निवेदनकै आधारमा प्रेस काउन्सिलले समेत संचारमाध्यमलाई जथाभावी पत्र काटेको छ । नेपाल प्रहरीको साइबर ब्युरो र अपराध अनुसन्धान कार्यालयले अनुसन्धान नै नगरेको विषयलाई अनुसन्धान गरेको र संचार माध्यमले समाचारका लागि प्रतिक्रिया मात्रै लिएको विषयलाई तोडमोड गरी उनले काउन्सिलमा उजुरी दिएका हुन् ।

स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास तथा सम्वद्र्धनका लागि स्थापना भएको प्रेस काउन्सिल नेपाल नै लामाको झूटो उजुरीमा फसेको छ । सञ्चारमाध्यमको अनुगमन, मूल्याङ्कन गरी मर्यादित तथा जिम्मेवार बनाउने भूमिकामा यो संस्था अन्तत अश्लिल हर्कत गर्ने लामाले दिएको झूटो उजुरीकै आधारमा दियोपोस्टलाई ३ दिने स्पष्टिकरण सोधेर आफ्नो पक्षधरता देखाएको छ ।

कुनै पनि संचार माध्यमले प्रकाशन गरेको समाचारको प्रमाण माग्ने अधिकार नरहेपनि काउन्सिलले नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालासँग माग्नुपर्ने प्राविधिक रिपोर्ट समेत मागेर दियोपोस्टसँग जवाफ मागेको छ । जबकी अश्लिल भिडियोमा देखिएका लामाले नै नेपाल प्रहरीको साइबर ब्युरो र अपराध अनुसन्धान कार्यालयमा भिडियो नक्कली रहेको उजुरी दिएका छैनन् । उनले दिएको उजुरीको विवरण हालसम्म पनि अपराध अनुसन्धान कार्यालयमा भेटिएको छैन । साइबर ब्युरोमा एउटा ठाडो उजुरी त परेको छ । तर, प्रहरीले भिडियो प्रमाण माग्दा गाउँपालिका अध्यक्ष लामा नै फरार भएका छन् । तर, यसरी अनुसन्धान गर्ने निकायलाई नै असहयोग गरि कुनै अनुसन्धान नै हुन नपाएको भिडियोको प्रमाण माग्ने कार्य प्रेस काउन्सिलले गरेको छ ।

अश्लिल भिडियो साइबर ब्युरोले मागेपछि भागेका थिए पाँचपोखरी थांङपाल अध्यक्ष लामा !

लामाको खण्डन नै शंकाष्पद

दियोपोस्टलाई उनले पठाएको खण्डनमा ३ वर्षअघि एक युवतीले आफूलाई फेसबुकमा फ्रेण्ड रिक्वेस्ट (साथीबन्न अनुरोध) पठाएको र आफूले चिनेजस्तो अनुहार ठानी एसेप्ट गरेकोमा निजले भिडियो गरेकोमा सामान्य बोलचाल भएको’ बताएका छन् । त्यस्तै उनले केही समयपछि मेरो टाउको राखि अरुकै शिर जोडेर फोटो बनाएर मसँग रकम बार्गेनिङ पश्चात मैले दिन नमानेपछि पाँचपोखरी थाङपाल गाउँपालिका भित्रभित्र गिरोहसँगको मिलेमतोमा मेरो चरित्र हत्या गरेको’ दाबी गरेका छन् । तर, भिडियोमा उनले भनेजस्तो कसैको शिर जोडिएको देखिँदैन । उनले यौन अंग देखाउँदा त्यहाँ कसैको पनि शिर छैन । त्यहाँ उनको यौन अंग मात्रै छ । बेलाबेला उनी अनुहार देखाउँछन् । तर, यसरी भिडियो जोड्ने महिला विरुद्ध हालसम्म कुनै पनि निकायमा उजुरी दिएका छैनन् । दिएका छन् त केवल सामाजिक संजालमा भाइरल बनाउने विरुद्ध । जसको अनुसन्धानमा उनैले असहयोग गरिरहेका छन् ।

२०७९ मंसिर ५ गते उनले अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएको भनेका छन् । तर, उक्त कार्यालयमा कुनै उजुरी छैन । साइबर ब्युरोको भने उनले दर्ता नम्बर १४५० नै उल्लेख गरेका छन् । तर, के कस्तो उजुरी दिएको खुलाएका छैनन् । नेपाल प्रहरीको साइबर ब्युरोले जस्तो सुकै साइबर अपराध अनुसन्धान गर्न अब्बल छ । यदि युवतीले विदेशी मुलुकमा बसेर उनको अश्लिल नक्कली भिडियो बनाएको भए उनले ती युवती विरुद्ध जाहेरी दिन पर्ने हो । त्यो दिएका छैनन् । उल्टो साइबर ब्युरोले भिडियो माग्दा अध्यक्ष लामाले नै दिन अस्विकार गरेको ब्युरोका प्रवक्ता एसपी दिपकराज अवस्थी बताउँछन् ।

प्रहरी अनुसन्धान नै नभएको विषयमा समेत लामाले खुलाएका छन् । भिडियोमा बोल्ने महिला मलेशियामा बसेर अनलाइनमा यस्तो हर्कत गरेको उनको दाबी छ । तर, साइबर ब्युरोमा जाहेरी नै परेको खण्डमा प्रहरीले मलेशिया त के दुनियाँको जुनसुकै मुलुकबाट अभियुक्त नेपाल झिकाउने गरेको छ । उनले कानुनी प्रक्रिया अघि बढेको बताएका छन् । तर, अनुसन्धान अधिकारीले भने कतै उजुरी नै नपरेको त कतै अनुसन्धानमा उनै लामाले असहयोग गरिरहेको पाइएको छ ।

दियोपोस्टमा गरिएको खण्डन र प्रेस काउन्सिलमा दिएको उजुरीले नै पुष्टि गरेको अश्लिल भिडियो च्याट

यता प्रेस काउन्सिलमा दिएको उजुरीमा भने लामाले ३ वर्षअघि सामाजिक संजालमा अपरिचित युवतीले रिक्वेस्ट पठाएको र कारणबस एसेप्ट भएर आफ्नोमा भिडियो कल आएको बताएका छन् । जबकी कुनै पनि सामाजिक संजाल प्रेयोगकर्ताको फेसबुकमा आएको रिक्वेस्ट आफूले एसेप्ट नगरी आफै स्वत एसेप्ट हुँदैन । तर, उनको फेसबुकमा भने कारणबस आफै एसेप्ट भएको उनको दाबी छ । जबकी दियोपोस्टमा खण्डन पठाउँदा भने उनले परिचित जस्तो लागेको र आफैले रिक्वेस्ट एसेप्ट गरेको बताएका छन् ।

दियोपोस्टमा खण्डन पठाउँदा उनले चिनेजस्तो लागि सामान्य कुराकानी भएको र केहीबेरमा आफ्नो टाउको अरुकै शिरमा राखि भिडियो बनाएको जिकिर गरेका थिए । तर, काउन्सिलमा भने उनले फ्रेन्ड रिक्वेस्ट आएपछि कारणबस एसेप्ट भएर मयासेन्जरमा भिडियो कल आएको, उक्त भिडियो कलमा विदेशी स्त्री नंग्न अवस्थामा रहेको र केही समयमा नै कल असहज र मलाई फसाउने होकी भनी म अफैले भिडियो कट गरि’ भनि उल्लेख गरेका छन् ।

यहाँ निर उनले विदेशी स्त्री नग्न अवस्थामा देखेको बताएका छन् । तर आफु नग्न भए/नभएको खुलाएका छैनन् । अर्थात विदेशी स्त्री नग्न भएपनि आफू नग्न नभएको उनको दाबी छैन । करिब १ घण्टापछि ती युवतीले भिडियो सार्वजनिक गरिदिन्छु भन्दै धम्की दिएको उनको दाबी छ । तर, अध्यक्ष लामा नांगो भएका थिएनन् वा ती युवती मात्रै नांगो भएको भए किन ती युवतीले आफ्नै मात्रै भिडियो सार्वजनिक गर्ने धम्की लामालाई दिन्थिन् र ? काउन्सिलमा दिएको उजुरीले अर्को के पनि पुष्टि गरेको छ भने उनी भिडियो च्याटमा ती युवतीसँग नांगिएका छन् । सोही नांगिएको भिडियो सार्वजनिक गरिदिन्छु भनेर ती युवतीले एक घण्टामै उनलाई नै भनेकी छिन् । लामाको अनुहार स्पष्ट रुपमा लामाले यौन उश्रृङ्खलता देखाएका छन् ।


ती युवतीले आफ्नो अनुहारमा ईडिट गरी पाँचपोखरी थाङपाल स्थायी ठेगाना भएका काल्देन लामालाई पठाएको अध्यक्ष लामाको दाबी छ । तर, अनुहारमा कुनै पनि इडिट गरिएको भिडियोमा देखिँदैन । भिडियोमा उनी स्वयं अश्लिल च्याटमा मस्त रहेको छुट्याउन सामान्य मानिसलाई पनि समस्या हुँदैन । लामाले नै दाबी गरे अनुसार ३ वर्षअघिको यो भिडियो प्रकरण शुरु हुँदा गाउँपालिका अध्यक्ष नै थिए । त्यतिबेला उनले भनेकै काल्देन लामालाई पठाइएको सुचना पाएपछि ती युवती विरुद्ध उनी साइबर ब्युरोमा गएनन् । अपराध महासाखा पनि गएनन् । तर, सामाजिक संजालमा सेयर गर्नेहरु विरुद्ध भने उनी साइबर ब्युरो र अपराध अनुसन्धान कार्यालयमा गए । त्यसमध्ये अपराध महासाखामा उनले उजुरी दिएको भेटिएको छैन । साइबर ब्युरोमा त भिडियो नै नदिई उनी सम्पर्कविहिन भए ।

काउन्सिललाई ढाँटेको अर्को प्रमाण


उनले दियोपोस्टले प्रतिक्रिया लिने क्रममा भिडियो तीन वर्षअघिको रहेको र उक्त विषय आफूलाई थाहा नभएको भन्दै भेटेरै सबै विषय बताउने बताएका थिए । जसको अडियो रेकर्ड समेत प्रशारण भइसकेको छ । तपाईंले यो अडियो यहाँ पनि सुन्न सक्नुहुन्छ । तर, प्रेस काउन्सिलमा उजुरी दिँदा भने उनले दियोपोस्टका कर्मचारीले बार्गेनिङ गर्ने उद्देश्यले भेटुम्न भनि पटक पटक फोन र म्यासेज गरेको दाबी गरेका छन् ।

त्यतिमात्रै होइन उनले छानबीनको विषय र कानुनी प्रक्रियामा लागि सकेको विषय समेत दियोपोस्टकर्मीलाई बताएको उनको दाबी छ । तर, उनले काउन्सिललाई यसरी बेवकुफ बनाएपनि दियोपोस्टकर्मीले उनीसँग संवाद गर्दा रेकर्ड गरेको थियो । उक्त रेकर्डमा उनले यी माथि उल्लेख गरिएको कुनै पनि विषय बोलेका छैनन् ।