अश्लिल भिडियो साइबर ब्युरोले मागेपछि भागेका थिए पाँचपोखरी थांङपाल अध्यक्ष लामा !

दियोपोस्ट संवाददाता

काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी शेर्पाले नेपाल प्रहरीको साइबर ब्युरो र उपत्यका अपराध अनुसन्धान कार्यालयको विषयमा झूटो उजुरी दिएको पाइएको छ ।

उनले प्रेस काउन्सिल नेपालमा नेपाल प्रहरीको साइबर ब्युरो र अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएको भन्दै झूटो उजुरी दिएका हुन् । एक युवतीसँग भिडियो कलमा नांगिएको विषयमा दियोपोस्टले समाचार प्रकाशन गरेपछि प्रेस काउन्सिलको शरणमा पुगेका अध्यक्ष लामाले ती दुवै निकायको अनुसन्धानमा उनले असहयोग गरेको पाइएको छ । प्रेस काउन्सिलमा उनले भिडियो ईडिट गरि चरित्र हत्या गरेको विषयमा उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएको भनेपनि उक्त कार्यालयमा उजुरी नै नदिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका अधिकारीले दियोपोस्टलाई बताएका छन् । त्यस्तै साइबर ब्युरोमा भने उनले आफ्नो भिडियो सामाजिक संजालमा भाइरल बनाइएको भन्दै उजुरी दिएको तर, भिडियो कुन हो दिनुस् भन्दा अध्यक्ष लामा सम्पर्कविहिन भएको खुलेको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता दिपकराज वस्तीले दियोपोस्टलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले के कस्तो उजुरी दिनु भएको हो भन्ने विषयमा उहाँ नै जानकार रहेको र यस कार्यालयमा भिडियो नक्कली बनाएको भनेर उजुरी नपरेको तर सामाजिक संजालमा भिडियो भाइरल बनाएको भन्दै उजुरी परेको बताए । तर, भिडियो माग गर्दा अध्यक्ष लामा नै सम्पर्कविहिन भएको र भिडियो समेत उपलब्ध नगराएको प्रतिक्रिया दिए ।

भिडियो किन साइबर ब्युरोलाई प्राविधिक परिक्षणका लागि दिनु भएन भन्ने प्रश्नका लागि दियोपोस्टले लामालाई सम्पर्क गर्ने कोशिस गरेको थियो । तर, उनी सम्पर्कमा आउन चाहेनन् ।

सम्बन्धित खबर