भारतको तेलंगनामा बस र ट्रक दुर्घटना हुँदा २० जनाको मृत्यु, २० घाइते

दियोपोस्ट संवाददाता  

काठमाडौँ । भारतको तेलंगनाको रंगा रेड्डी जिल्लामा सोमबार बिहान बस र ट्रक एक आपसमा ठोक्किँदामा कम्तीमा २० जनाको ज्यान गएको छ । दुर्घटनामा २० जना घाइते भएका छन्।

दुर्घटना चेवेला प्रहरी चौकीअन्तर्गत पर्ने खानापुर गेट नजिक भएको बताइएको छ। समाचार एजेन्सी एएनआईका अनुसार, घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ।

तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै राहत र उद्धार कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दुर्घटनामा मारिएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारका लागि राहत प्याकेज घोषणा गरेका छन्।

प्रधानमन्त्री कार्यालयका अनुसार, मृतकका परिवारलाई दुई लाख रुपैयाँ र घाइतेहरूलाई पचास हजार रुपैयाँका दरले सहयोग प्रदान गरिनेछ।

यो रकम प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट उपलब्ध गराइने जनाइएको छ।

सिफारिस