निकोलस भुसाल गोरखाबाट पक्राउ, काठमाडौं ल्याई अनुसन्धान गर्ने तयारी

दियोपोस्ट संवाददाता

काठमाडौँ । प्रहरीको खोजी सूचीमा रहेका निकोलस भुसाल पक्राउ परेका छन् । उनलाई गोरखा नगरपालिका-८, रानीवन क्षेत्रबाट उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको टोलीले आज पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनलाई आजै काठमाडौँ ल्याउने तयारी भइरहेको छ । उनलाई केही सोधपुछ गरि काठमाडौँ पठाइने जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी भरत विकले जानकारी दिए ।

निकोलस भुसालले सरकारविरुद्ध निरन्तर विरोध गर्दै आपत्तिजनक अभिव्यक्ति दिँदै आएका थिए । तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले भदौ २३ र २४ गते नागरिकमाथि गोली प्रहार गरी हत्या गरेको र वर्तमान सरकारले कारबाही नगरेको भन्दै उनले तीव्र रूपमा विरोध गर्दै आएका थिए ।

उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्कीका अनुसार, निकोलसलाई अब काठमाडौं ल्याई अदालतमा उपस्थित गराइने र थप अनुसन्धान अघि बढाइनेछ ।