धादिङको ‘लिष्टकाण्ड’बारे कान्तिपुरका पत्रकारले मुख खोले,‘सुची सत्य भए कानुनी कारबाही होस्’

diyopost.com
Diyo post  शनिबार, कार्तिक १७, २०७५ | १९:२९:५६

काठमाडौं, १७ कात्तिक । धादिङमा सञ्चालित बालुवा तथा क्रसर उद्योगीबाट दशैं खर्च वितरण गरिएको माइन्युट भाइरल भएपछि कान्तिपुर दैनिकका संवाददाता तथा पत्रकार महासंघका केन्द्रीय सदस्य हरिहर सिंह राठौरले मुख खोलेका छन् ।

सामाजिक सञ्जाल र केही अनलाईनले उक्त प्रकरणबारे निकै चर्चा भएपछि राठौर विरुद्ध समेत जिल्ला प्रशासन कार्यालय धादिङमा व्यावसायीलाई धम्की दिएर चन्दा मागेको भन्दै उजुरी परेको थियो ।

शनिबार एक विज्ञप्ति जारी गर्दै उनले उक्त प्रकरणको सत्य तथ्य छानबिन गर्न माग गरेका छन् ।

‘उक्त सूचीमा सत्यता भए उक्त योजनामा संलग्न हरुलाई छानविनका दायरामा ल्याएर कार्वाही अघि वढाउन संवन्धित निकाए संग आग्रह गर्छु,’ राठौरले विज्ञप्तिमा भनेका छन्,‘चर्चामा आए जस्तो जिल्ला स्थित १० संचारकर्मी हरुले पनि ५० हजारका दरले कथित दशैं खर्च लिएको भन्ने विषयमा पनि जिल्ला स्थित नेपाल पत्रकार महासंघले आवस्यक छानविन र अनुसन्धान गरेर उक्त विषय को सत्यतथ्यता वारे सार्वजनिक गर्न आग्रह गर्दछु ।’

पत्रकार राठौरले उक्त प्रकरणमा पत्रकार, नेता, मन्त्री र सांसदको मानमर्दन भएको समेत आरोप लगाएका छन् ।

‘मैले कार्तिक ६ गते सांझ प्राप्त हाल चर्चामा आएको क्रसर व्यवसायीहरुले ४५ लाख नगद संकलन गरि जिल्लाका म लगायत १० जना पत्रकारहरुलाई ५ लाख र उल्लेखित अन्य पदासीन व्यक्तिहरु, प्रमुख जिल्ला अधिकारी, स्थानीय प्रहरी लगायत लाई थप रकम वितरण गर्न जस्तो तयार गरिएको लिएको वा दिएको कुनै प्रमाण नभएको अस्पष्ट सूची प्राप्त भए पछि मैले आफनो नाम पनि समावेस भएको र जिल्लाका १० संचारकर्मीहरुका लागी भनेर एकमुष्ठ रकम आफुले कुनै पनि व्यक्ति वा व्यवसायी वाट आफना लागी वा लेनदेन नगरेको र आफनो नाम मुछिएको भए पछि स्थानीय विभिन्न मिडियाका महत्वपुर्ण पदमा आसीन र चर्चित मिडियाका साथीहरु संग उक्त पत्रको आधिकारिता, सक्कली नक्कली भएको वारे सुक्ष्म अनुसन्धान गरेर पुष्टि र जिल्ला स्थित उपलव्ध संचारकर्मीहरु वीच आपसी छलफलमा व्यवसायीहरु संग रकम लिने संचारकर्मी हरुवारे सत्य तथ्य छानविन गर्न र थप उल्लेखित अन्य व्यक्तिहरुमा लगाईएको आरोप वारे पनि वास्तविकता वुझन ८ गते देखि ९ गते सम्म सल्लाह , विचार विमर्श गर्दा गर्दै । केहि संचारकर्मीहरुले सामाजिक सन्जालको दुरुपयोग गरि थप छानविनको साटो स्वयं पत्रकारहरुमै आपसी वाझावाझ आक्रोस व्यक्ति गरि सामाजिक सन्जालमा व्यापक चर्चामा ल्याउनुका साथै पत्रकारहरुले पत्रकारहरुलाईनै मानमर्दन गर्ने गरि व्यापक रुपमा सामाजिक सन्जालको दुरुपयोग गरियो,’ राठौरले विज्ञप्तिमा भनेका छन् ।

सम्बन्धित खबर