फ्रान्समै रहिरने या स्वतन्त्र हुने भन्ने विषयमा न्यू क्यालेडोनियामा जनमत संग्रह

दियो पोस्ट  

बीबीसी । प्रशान्त द्विप क्षेत्र न्यू क्यालेडोनियामा नागरिकहरु स्वतन्त्र हुने या फ्रान्सभित्र नै रहिरने भन्ने विषयमा जनमत संग्रह भएको छ । कनान आदिवासी पृथकतावादीहरुको हिंसात्मक आन्दोलनपछि भएको सहमति अनुसार जनमत संग्रहको आयोजना गरिएको हो ।

स्वतन्त्रता पक्षधर समूहरूले प्यारिसस्थित ुऔपनवेशिक शासनका नेलहरू फाल्नु कानाक मतदाताहरूलाई आग्रह गरेका छन्। जनमत सर्वेक्षण अनुसार बहुसङ्ख्यक मतदाताले स्वतन्त्रतालाई अस्वीकार गर्ने देखाएका छन्।

अस्ट्रेलियादेखि पूर्वमा पर्ने सो क्षेत्रका करिब एक लाख ७५ हजार मानिसहरू मतदाता मध्य कानान आलिवासी मतदाताको संख्या ५० प्रतिशतभन्दा कम रहेको छ । सो क्षेत्रका आदिवासी युरोपेलीहरूमा फ्रान्सेली राष्ट्रवाद बलियो छ र पर्यवेक्षकहरूका अनुसार कतिपय कानाक आदिवासीहरू पनि फ्रान्समै रहिरहनुपर्ने पक्षमा छन्।

दुर्गम मानिने उक्त द्वीपले फ्रान्स सरकारबाट वार्षिक करिब डेढ अर्ब डलर पाउने गर्छ। न्यू क्यालेडोनियामा ठूलो मात्रामा निकलको भण्डार छ, जुन विद्युतीय सामग्री बनाउनका लागि चाहिने एउटा महत्त्वपूर्ण धातु हो।

फ्रान्सले सो क्षेत्रलाई राजनीतिक हिसाबले रणनीतिक रूपमा हेर्नुका साथै आर्थिक रूपमा पनि महत्त्वपूर्ण ठान्दछ। गत मेमा न्यू क्यालेडोनियाको राजधानी नुमेआको भ्रमणका क्रममा फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले न्यू क्यालेडोनिया विना फ्रान्सको सौन्दर्य कम हुनेु बताएका थिए।

सन् १९८८ मा भएको सहमति अनुसार जनमत सङ्ग्रहको विपक्षमा नतिजा आए सन् २०२२ अघि थप दुई पटक जनमत सङ्ग्रह गराइनेछ। पक्षमा नतिजा आए सन् १९७७ मा जिबुटी र १९८० मा भानुआटु अलग भएपछिको स्वतन्त्र हुने न्यू क्यालेडोनिया फ्रान्सको पहिलो भूभाग हुनेछ।