काठमाडौँ । भारतको उत्तराखण्डमा मंगलबार आएको बाढीमा दर्जनौँ नेपाली सम्पर्कविहीन भएको समाचार आइरहे पनि अहिलेसम्म कोही पनि नेपाली नागरिक मृत फेला नपरेको नेपाली राजदुतावासले जनाएको छ । भारतको नयाँ दिल्लीस्थित नेपाली राजदुताबासले एक बिज्ञप्ती जारी गर्दै नेपालीहरुको मृत्यु नभएको जनाएको हो ।
नेपाली दूतावासका कन्सुलर अधिकारी प्रकाश मल्लले सम्पर्कबिहिन भएका नेपालीहरुको खोजीका लागि राजदूतावासले निरन्तर रुपमा उत्तराखण्ड सरकारका सम्वन्धित निकाय तथा भारत सरकारको बिदेश मन्त्रालयसंग समन्वय गरिरहेको बताए ।
यता परराष्ट्रमन्त्री आरजु राणा देउवाले फरक–फरक माध्यमबाट नेपाली दूतावासलाई तत्काल भारतीय पक्षसँग समन्वय गर्न निर्देशन दिएको बताएकी थिइन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा भावनात्मक सन्देश बाँडेर दूतावासमार्फत कूटनीतिक छलफलहरू सुरू गरिएका र विपदग्रस्त नेपालीहरूको उद्धारका लागि अघि बढेको बताएका छन् ।