काठमाडौँ, कात्तिक १८ । वामपन्थी नेता तथा मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको निधनले नेपाली राजनीति र आन्दोलनले क्षति भएको भन्दै विभिन्न केन्द्रिय नेताहरुले सामाजिक सञ्जालबाट समवेदना प्रकट गरेका छन् । आइतबार नर्भिक अस्पतालमा निधन भएका मानवअधिकारकर्मी तुलाधरलाई अपराह्न ४ बजे उनको निवास लाजिम्पाट लगिएको छ । नेकपाका अध्यक्ष प्रचण्ड, अर्का नेता माधवकुमार नेपाल, नयाँ शक्ति पार्टीका संयोजक डा। बाबुराम भट्टराई, पूर्वसभामुख दमननाथ ढुंगाना, शिक्षामन्त्री गिरिराजमणि पोखरेल नर्भिक अस्पताल पुगेका थिए ।
प्रत्यक्ष समवेदनासंगसंगै सामाजिक सञ्जालमा पनि नेताहरुले तुलाधरलाई श्रद्धाञ्जली व्यक्त गरेका छन । नेकपाका अध्यक्ष प्रचण्डले सामाजिक संजालमा लेखेका छन्,‘मानवअधिकारकर्मी एवम् नागरिक आन्दोलनका अगुवा पद्यरत्न तुलाधरको आज दिउँसो निधन भएकोमा अत्यन्त मर्माहत भएको छु । पञ्चायत बिरोधी आन्दोलन, लोकतान्त्रिक आन्दोलन हुँदै शान्तिप्रक्रिया र संविधान निर्माणमा उहाँले खेल्नुभएको भूमिका सदा स्मरणीय छ । पहिचान र संघीयताका पक्षधर वाम बुद्धिजीवि दिवंगत तुलाधरप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’
नेकपाकै अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि वाम आन्दोलनलाई तुलाधरले अथाह योगदान दिएको स्मरण गर्दै उनको निधनले स्तब्ध बनाएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको खवर सुन्दा मलाई अत्यन्तै दुःख लागेको छ । नेपालको वाम आन्दोलनमा उहाँले पुर्याउनु भएको योगदान सदा स्मरणीय रहनेछ । दिवंगत तुलाधरप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’
वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको खवर सुन्दा मलाई अत्यन्तै दुःख लागेको छ । नेपालको वाम आन्दोलनमा उहाँले पुर्याउनु भएको योगदान सदा स्मरणीय रहनेछ । दिवंगत तुलाधरप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु । pic.twitter.com/hnyIlb9fCZ
— K P Sharma Oli (@kpsharmaoli) November 4, 2018
नेकपाका नेता नारायणकाजी श्रेष्ठले पनि तुलाधरको निधनले नेपाली वामपन्थी राजनीतिमा अतुलनिय क्षति पुर्याएको उल्लेख गरेका छन ।
नेपालको बाम-लोकतान्त्रिक आन्दोलनका अथक योद्धा,उत्पीडित जातीय मुक्ति आन्दोलनका अगुवा एवं शान्ति प्रकृयाका एक समन्वयकर्ता आदरणीय पद्मरत्न तुलाधरको दुःखद् निधनले मर्माहत बनाएको छ।आदरणीय पद्म दाइ प्रति श्रद्दा-सुमन र परिवारजनप्रति हार्दिक समवेदना।उहाँ हामी सबैको हृदयमा रहिरहनुहुनेछ।
— NKShresthaPrakash (@nksthaprakash) November 4, 2018
नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले पनि ट्वीटरमा उल्लेख गरेका छन्,नेपाली इतिहासका एक असाधारण व्यक्तित्व, समावेसी लोकतान्त्रिक आन्दोलनका अथक योद्धा तथा मैले सबभन्दा आदर गर्नेमध्येका असल मानव पद्मरत्न तुलाधरको निधनले मर्माहत भएको छु। वहाँप्रति श्रद्धासुमन शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना’
नेपाली इतिहासका एक असाधारण व्यक्तित्व, समावेसी लोकतान्त्रिक आन्दोलनका अथक योद्धा तथा मैले सबभन्दा आदर गर्नेमध्येका असल मानव पद्मरत्न तुलाधरको निधनले मर्माहत भएको छु। वहाँप्रति श्रद्धासुमन; शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना!! pic.twitter.com/YafEZSvVf2
— Baburam Bhattarai (@brb1954) November 4, 2018
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले तुलाधरको निधनले स्तब्ध बनाएको उल्लेख गरेका छन् ।
मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधन काे खवरले दुःखी भएकाे छु । नेपालको मानवअधिकार र भाषा अान्दाेलनमा उहाँकाे याेगदान स्मरणीय रहनेछ । उहाँकाे अात्माकाे चिर शान्न्तिकाे कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।
— Sher Bahadur Deuba (@DeubaSherbdr) November 4, 2018
कांग्रेसका अर्का नेता डा. प्रकाश शरण महत ट्वीटरमा यस्तो लेख्छन ।
पद्म रत्न तुलधार अब रहनु भयन। नेपालमा शान्ति स्थापना र यस्को स्थायित्वका लगि गर्नु भयको योगदान स्मरणीय छ। शान्ति प्रक्रिया अगाड़ी बढ़ाऊन NTTP फ़ोरममा लमोसमय संग़ै काम गरने मौक़ा मील्यो। नेपालको लगि ठुलो क्षति हो। वहाको आत्माको शान्तिको कामना गर्दछू।
— Dr. Prakash S. Mahat (@DrPSMahat) November 4, 2018