बरिष्ठ डाक्टर श्याम बहादुर पाण्डेको निधन

diyopost.com
Diyo post  बुधबार, कार्तिक २१, २०७५ | ९:५७:४१

काठमाडौं । बरिष्ठ चिकित्सक डा. श्यामबहादुर पाण्डेको निधन भएको छ। बल्खु स्थित बयोधा अस्पतालमा उपचार गराई रहेका पाण्डेको मंगलबार राती साँढे ८ बजे निधन भएको हो ।

विगत ७ वर्षदेखि दुवै मृगौला फेल भएका पाण्डे पूर्व राजा विरेन्द्र शाहका चिकित्सक हुन् ।

मिर्गौला फेल भएका उनलाई मस्तिष्कघात समेत भएको थियो । केहीदिन अघिसम्म उपचारमै क्रियाशिल रहेका उनी ५ दिन अघि विरामी भएका थिए ।
सन् १९६३ मा एमबीबीएस पास भएका उनी बयोधा अस्पतालमै फिजिसियनको रुपमा कार्यरत थिए ।

पारिवारिक स्रोतका अनुसार उनको बुधबार पशुपति आर्यघाटमा अन्त्यष्टि गरिनेछ ।

सम्बन्धित खबर