इटहरीको एक पसलमा आगलागी, नियन्त्रणको प्रयास जारी

इटहरीको एक पसलमा आगलागी, नियन्त्रणको प्रयास जारी

इटहरी, कार्तिक २१ । इटहरीको एक पसलमा भिषण आगलागी भएको छ । आगलागीका कारण लाखौँको धनमाल नष्ट भएको छ ।

आगो निभाउने प्रयास भैरहेपनि अझै नियन्त्रणमा आउन सकेको छैन । दिउसो साढे एक बजे लागेको आगो नियन्त्रणका लागी सुनसरीको धरान, इनरुवा, इटहरी, मोरङको बिराटनगर, सुन्दरहरैचाको दमकल पुगेका छन ।

प्रहरीका अनुसार सामसुङ सो रुम रहेको घरमा लागेको आगलागीको कारण खुल्न सकेको छैन ।

आगो नियन्त्रणको लागी प्रहरी र ठुलो संख्यामा नगरबासीहरु पनि लागेका छन । आगलागी नियन्त्रणको प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यलय सुनसरीका डिएसपी ज्ञानेन्द्र फुयालले जानकारी दिए ।

 

Trending News