अल्ट्रा धाविका मिरा राईको नेतृत्वमा ६ जनाको महिला टोली हङकङ प्रस्थान

Diyo post  

काठमाडौँ, कात्तिक २६ । विश्वका चर्चित महिला खेलाडीहरुले सहभागिता जनाउने अक्सफाम ट्रेलवाकर रेसमा सहभागी हुनका लागि नेपाली धाविकाहरु सोमबार हङकङ प्रस्थान गरेका छन् । विश्व चर्चित धाविका मिरा राईको नेतृत्वमा ६ सदस्यिय महिला टोली सोमबार प्रस्थान गरेका हुन् ।

नोभेम्बर १६ मा हुने सय किलोमिटर दुरीको अक्सफाम ट्रेलवाकर रेसमा सहभागी हुनको लागि जुम्लाकी सुनमाया बुढा, धादिङकी रशिला तामाङ, सोलुखुम्बुकी छेची शेर्पाले भाग लिनेछिन् भने २५ नोभेम्बरमा हुने ५० किलोमिटरको अल्ट्रा दौडमा प्यूठानकी हुमी बुढा मगरले प्रतिस्पर्धा गर्ने बालाजु कराते–डो प्रतिष्ठान नेपालका अध्यक्ष ध्रुब बिक्रम मल्लले जानकारी दिएका छन् ।

सोमबार त्रिभुवन विमानस्थलबाट विदाई गर्दै अध्यक्ष मल्ल र संस्थाका अन्य पदाधिकारीहरुले सम्पुर्ण खेलाडीहरुलाई सफलताको शुभकामना दिएका छन् ।

सम्बन्धित खबर