काठमाडौँ, कात्तिक २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले कमल थापाका कारणले तिन राप्रपा बिच एकिकरण हुन नसकेको आरोप लगाएका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष राणाले आफु पनि तिनै राप्रपा बिच एकिकरणको पक्षमा रहेको तर दीर्घकालिन हिसाबको एकिकरणको पक्षमा रहेको स्पष्ठ पारेका छन् ।
े
उनले पार्टी एकताको सन्दर्भमा कमल थापासंग चार पाँच दिनको समय माग्दा नमानेको जिकीर गरेका छन् । ‘कमल थापाले तातै खाउँ जल्दै मरौँ जस्तो गर्नुभया’े उनले भने दिर्घकालिन एकताको लागि केही समय त अवश्य चाहिन्छ तर उहाँले मान्नुभएन’
आफुले एकिकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष प्रकाशचन्द्र लोहनीसंग छलफल गरेर एकता प्रक्रियालाई अगाडी बढाउन खोज्दा कमल थापा नमानेको बताए । उनले पार्टी एकताका सबैसंग सम्झौता र सहमती गरेर मात्र अगाडी बढ्नु पर्ने बताए । एकतापश्चात हुने झण्डा, पार्टीको चुनाव चिन्ह र नाम टुंगो लागिसकेपछि मात्र एकता प्रक्रियामा जानुपर्ने बताउँदै अध्यक्ष राणाले हतारमा गरिएको एकता प्रभावकारी नहुने ब्यक्त गरेका छन् ।
तिनवटै राप्रपा हिन्दु राष्ट्रको पक्षमा रहेको र गणतन्त्र मान्ने कि नमान्ने भन्ने विषयमा छलफल भईसकेको तर अहिले सार्वजनिक नगर्ने अध्यक्ष राणाले बताए । उनले आफु सधैँ तिनवटै राप्रपा एकै ठाउँमा आउनुपर्छ भन्ने कुराको पक्षमा रहेको बताए साथै कमल थापा र प्रकाशचन्द्र लोहनीलाई पनि दिर्घकालिन हिसाबबाट एकता प्रक्रियामा लाग्न आह्वान गरेका छन् ।