भिम रावलको निर्देशनमा सामाजिक विकासमन्त्री बर्खास्त

Diyo post  

काठमाडौँ, कात्तिक २७ । सात नम्बर प्रदेशका इन्चार्ज भीम रावलको निर्देशनपछि सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी बर्खास्त भएका छन् । पद अनुकुलको आचरण नगरेको र पार्टीको सुझावलाई अटेर गरेपछि रावलको निर्देशनमा मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई बर्खास्त गरेका हुन ।

सोडारीको बारेमा धेरै गुनासाहरु आएपछि मुख्यमन्त्री र प्रदेश ईन्चार्ज भिम रावलले पटकपटक भेटेर छलफल गरि सुझाव दिँदासम्म आचरणमा परिवर्तन नगरेपछि उनलाई हटाईएको बताईएको छ । तिहारको समयमा पनि उनको झण्डावाल गाडी अन्य ब्यक्ति सवार रहेकै बेला दुर्घटनामा परेको थियो ।

नेकपा भित्र सोडारी नेता घनश्याम भुसाल र योगेश भट्टराई निकट मानिन्छ ।
सोडारीको बर्खास्तीसंगै बर्खास्तमा परेका प्रदेश मन्त्रीको संख्या २ पुगेको छ । यसअघि प्रदेश ३ का भौतिक पुर्वाधार विकास मन्त्री केशव स्थापितलाई पनि गलत आचरण देखाएको भन्दै मुख्यमन्त्री डोरमणी पौडेलले बर्खास्त गरेका थिए । आजै मुख्यमन्त्री कार्यालयले प्रदेशसभा सदस्य कृष्णराज सुवेदीलाई सामाजिक विकास मन्त्रीको शपथ खुवाउने तयारी गरेको छ । शपथ ग्रहणको समयमा नै मन्त्री सोडारीलाई पदच्यूत गरिएको बारेमा आधिकारिक धारणा सार्वजनिक गरिने मुख्यमन्त्रीका स्वकीय सचिव ओलीको भनाइ छ ।

 

सम्बन्धित खबर