सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा कृष्णराज सुवेदी नियुक्त

Diyo post  

काठमाडौं, कात्तिक २७ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा कृष्णराज सुवेदी नियुक्त हुनुभएको छ । मन्त्री पदबाट दीर्घ सोडारीलाई बर्खास्त गरेर मुख्यमन्त्री त्रिलोचन भट्टले आज नै सुवेदीलाई सामाजिक विकास मन्त्रीको रुपमा सपथ गराउनुभएको हो ।

सुवेदी कैलाली क्षेत्रनम्बर ४ ख बाट निर्वाचित प्रदेश सभा सदस्य हुनुहुन्छ । पद अनुकुल आचरण नदेखाएको र पार्टीको निर्देशन नमानेको भन्दै मुख्यमन्त्री भट्टले सोडारीलाई पदबाट आज नै हटाईएको हो ।

धेरै पटक पार्टीको सुझाव नमानेको भन्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका सुदुरपश्चिम प्रदेश ईन्चार्ज भीम रावललको निर्देशनपछि मुख्यमन्त्री भट्टले सोडारीलाई पदबाट वर्खास्त गर्नुभएको हो । तिहारमा सोडारीको झण्डावाला गाडी अरु व्यक्तिले प्रयोग गर्दा दुर्घटना भएपछि उहाँ विवादित बन्नुभएको थियो ।

सम्बन्धित खबर