उदाउँदो सुर्यको आरधना गर्दै यसरी गरियाे छठको समापन (फोटोफिचर)

Diyo post  

काठमाडौँ, कात्तिक २८ । उदाउँदो सुर्यलाई अर्घ्य दिएर आरधना गर्दै वुधबार छठको समापन गरिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । छठ पर्व आइतबारदेखि शुरु भएको हो । सत्य र अहिंसाप्रति मानवको रूचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ ।

बुधबारको दिन बिहान उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहो¥याइ प्रातःकालीन सूर्यलाई अर्घ दिन्छन् । अर्घ सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतीले छठ व्रतको कथा सुन्ने र सुनाउने परम्परा रहेको छ ।

नदि किनारमा अभिएर छठको प्रसादका रुपमा ठकुवा, भुटुवा, केरालगायतका परिकार हातमा लिइ ब्रतालुले उदाउँदो सूर्यलारई अर्घ दिएका थिए। छठ पर्वको अन्तिम दिन आफन्त, इष्टमित्रलाई बोलाएर खानपिन गराउने प्रचलन पनि रहेको छ ।

 

सम्बन्धित खबर

सिफारिस