अमेरिकी प्रतिवन्धपछि इरानबाट वैदेशिक लगानीकर्ता धमाधम फर्किँदै

दियो पोस्ट  

बीबीसी । अमेरिकाले इरानमाथि बढाउँदै लगेको प्रतिवन्धले अन्तराष्ट्रिय लगानीकर्ताहरु हतोत्साहित भएका छन् । प्रतिवन्धकै कारणले हालसम्म ३ वटा कम्पनीले आधिकारिक रुपमा इरान छोडेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

हालसालै हस्ताक्षर गरेको थुप्रै कम्पनीहरुले पनि अमेरिकी प्रतिवन्ध बढेपछि लगानी गर्न अस्विकार गरेका छन् । यसबाट इरानी अर्थतन्त्रमा ठुलो धक्का पुग्न सक्ने अन्तराष्ट्रिय अर्थविदहरुले अंदाज गरेका छन् । तेलको प्रमुख खानी रहेको ईरानमा वैदेशीक लगानीकर्ताहरु लगानीका लागि उत्साहित भएतापनि अमेरिकी प्रतिवन्ध र यसबाट आफ्नो देशमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै पछाडी हटेका हुन ।

हालसम्म ३ वटा कम्पनीहरुले इरानबाट फर्कने निधो गरिसकेका छन् । यसमध्य २ वटा भारतिय र एक बेलायती कम्पनी रहेको छ । भारतका नायरा इनर्जी र चेन्नई पेट्रोलियमले ईरानमा अमेरिकी प्रतिवन्धका कारण व्यवसायमा पुग्न सक्ने क्षतिको आँकलन गर्दै फर्किएका हुन् । चेन्नई पेट्रोलियलाई भने भारतिय इन्स्योरेन्स कम्पनीले इरानबाट आउने तेलमा कुनै हानीनोक्सानी भएका इन्स्योरेन्स प्रदान नगर्ने भएपछि लगानीबाट हात झिकेको हो ।

बेलायती कम्पनीले ७५० मिलियन अमेरिकी डलरमा सम्झौता गरेका सौर्य उर्जा प्लान्टको खारेज गरेको छ । ६०० मेगावटको क्षमता भएको उक्त सौर्य उर्जा प्रणालीको निर्माण सम्झौता बेलायती कम्पनी करकुसले गत अगस्टमा गरेको थियो । यो प्लान्ट निर्माण भएको भए सबैभन्दा बढी सौर्य उर्जा उत्पादक प्लान्टको सुचीमा छैठौँ नम्बरमा पर्न सक्थ्यो । अमेरिकी प्रतिवन्धको घोषणापश्चात उक्त कम्पनीले सम्झौतालाई नै खारेज गरिदिएको हो ।