काभ्रेमा रहस्यमय आत्महत्या, एकाविहानै अर्धनग्न भई रुखमा झुुण्डिएर देह त्याग !

दियो पोस्ट  

काभ्रे, मंसिर ३ । काभ्रेमा एक युवती झुण्डिएको अवस्थामा फेला परेकी छिन् । पनौती नगरपालिका–५ बस्ने २१ बर्षिया सुधा केसी संकास्पद स्थितिमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । विहानै क्याम्पस हिँडेकी केसी क्याम्पसकै केही वर आइटी पार्क नजिक अर्धनग्न अवस्थामा झुण्डिएको भेटीएकी हुन् । उनले आफुले लगाएको सम्पुर्ण कपडाहरु फुकालेर नजिकै रुखमुनि राखेको र भित्रि कपडा मात्र लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक दिपक गिरिका अनुसार घरमा सामान्य विवाद भएपछि आत्महत्या गरेकी हुन् । घरबाटै सल लिएर आई आत्महत्या गरेको उनले बताए । प्रहरी अनुसन्धानबाट पनि अन्य कुनै किसिमको शंका नदेखिएको डिएसपी गिरिले बताए ।

काभ्रे क्याम्पसमा विए पढ्दै गरेकी सुधाको आत्महत्या हो की हत्या हो भन्ने विषयमा केही शंका भने रहेको स्थानियहरु बताउछन् । सुधाका मामा श्रीकृष्ण न्यौपानेले भने घरपरिवारबाट भन्दा पनि साथिसंगी र अन्य मानिसका कारण सुधाले आत्महत्या गरेको हुनसक्ने अनुमान लगाएका छन् । उनका अनुसार सुधाको परिवारमा सबैले उनलाई औधी माया गर्थे, त्यस्तो आत्महत्या नै गर्नुपर्ने कारण नभएको समेत न्यौपानेले बताए ।

पहिलोपटक सुधाको शरिर झुण्डिएको अवस्थामा देखेकी स्थानिय सविता खड्काले पनि आत्महत्या हो की हत्या हो भन्ने विषयमा शंका रहेको बताईन । यता जिल्ला प्रहरी कार्यलयले भने उनले आत्महत्या नै गरेको दावि गरेको छ । सुधाले आत्महत्या गर्नुको कारण भने अनुसन्धानबाट पत्ता लगाउने डिएसपी गिरिले बताएका छन् ।