काठमाडौं,मंसिर ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुलुक एक कदम अघि बढ्नु पर्ने बताएका छन् । उनले सबै क्षेत्र रचनात्मक भएर अघि बढ्ने हो भने नेपाल हरेक दिन एक कदम अघि बताएका हुन् ।
आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत कार्यक्रम एवं वजेटको कार्यन्वयन सम्बन्धि प्रथम चौमासिक समिक्षा बैठकको दोस्रो दिन आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,‘अहिलेकै परम्परागत तौरतरिकाबाट मूलुक अगाडि बढन सक्दैन, हरेक दिन हरेक क्षेत्रमा रचनात्मक र नयाँ काम हुुनु पर्दछ ।’
मन्त्री र कर्मचारीहरुले काम गर्ने ढाँचामा पनि परिवर्तन हुनुपर्नेमा जोड दिदै उनले नीति,बैठक,छलफल,सुझावमा धेरै समय नविताइ काममा प्राथमिकता दिन निर्देशन दिए । सबै कुरा विज्ञबाट ग्रहण गरेर तपाईंले गर्न खोजेको काम पूर्ण हुदैन । आफू स्पष्ट हुनुहोस । विज्ञको सुझावले त्यसलाई समृद्ध बनाउनुहोस, प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई भने ।
कार्यलय समयमा हुने बैठकको भत्ता नलिन प्रधानमन्त्री ओलीले कर्मचारीलाई निर्देशन दिदै उनले भने, कार्यलय समयमा गरेको कामको तपाईंले तलब लिनु भएको छ । त्यस कारण भत्ता लिने सोचाइ हटाउनुहोस । मितव्ययी भएर चल्न सिक्नुहोस ।’
प्रधानमन्त्री ओलीले नेपाल एयर लाइन्सको वाइवडी जहाज उडाउने तयारी छ कि छैन भनी प्रश्न गर्नुभएको छ । त्यसैगरी नेपाल वायु सेवा निगम घाटामा जानुको कारण बारे पनि प्रधानमन्त्री ओलीले चासो राख्नु भएको छ । प्रधानमन्त्री ओलीले वन मन्त्रालयलाई वृक्षरोपणमा मात्र होइन कृषि वन बढाउन निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले संघ,प्रदेश र स्थानीय तहमा भएको समन्वयको अभावलाई घटाउनु पर्ने बताउदै कतिपय ठाउँमा कार्यक्रम,योजना र बजेट दोहोरो पर्ने स्थिति हटाउन जोड दिए ।