उग्रतारा मेला हेरेर फर्किएका यात्री बोकेको बस भिरबाट खस्यो, १६ यात्रुको मृत्यु

उग्रतारा मेला हेरेर फर्किएका यात्री बोकेको बस भिरबाट खस्यो, १६ यात्रुको मृत्यु

डडेल्धुरा, ६ मंसिर । डढेलधुराबाट डोटी जाँदै गरेको बस भिरबाट खसेर १६ जनाको मृत्यु भएको छ ।

डोटीको अमरगढी नगरपालिका ११ रडुवामा स्कुल बस दुर्घटना भएको हो । प्रत्यक्षदर्शीका अनुसार बस सडकबाट ५० मिटर तल भिरमा खसेको छ ।

४० जना यात्रुसहित आएको से १ क २९३ नम्बरको बसमा अमरगढी ५ मा लाग्ने उग्रतारा मेला हेरेर फर्केकाहरु थिए ।

इलाका प्रहरी कार्यालयका दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक कर्णबहादुर रौलेले दिएको जानकारी अनुसार दुर्घटनास्थलमा प्रहरीको टोली पुगिसकेको छ । ६५ जना चढेको गाडी भिरबाट खस्दा ज्यान गुमाउनेहरुमध्ये अहिलेसम्म १२ जनाको ज्यान गएको बताइएको छ । १६ जनाको शव उद्दार गरिएको छ भने अन्यको उद्दार कार्य जारी छ । अहिलेसम्म २६ जना घाईते रहेको बताइएको छ ।
अहिले जिल्ला प्रहरी कार्यलय डडेलधुरा र डोटीको टोली घटनास्थलमा पुगेको छ । डोटीको ३६ नं। गणको सशस्त्र प्रहरीको टोली पनि उद्धारका लागि घटनास्थल पुगेको छ ।

Trending News