काठमाडौँ, मंसिर ७ । पाकिस्तानको कराँची सहरस्थित क्लिप्टन ईलाकामा रहेको चिनियाँ राजदूतावासमा शुक्रबार विहान हमला भएको छ । कारमा चढेर आएका आतंककारीको एक समुहले दूतावास परिसरमा गोली चलाउँदा दुई सुरक्षाकर्मीको घटनास्थलमै मृत्यु भएको हो ।
शुक्रबार विहान ९ बजे कारसहित दुतावासमा पस्न खोजेका आतंककारीहरुलाई सुरक्षाकर्मीहरुले रोक्ने प्रयास विफल भएपछि दुइतर्फी गोली चलेको हो । गोली लागेर आक्रणकारी समुहको एक जनाको मृत्यु भएको छ । आतंककारीले कार भित्रबाटै गोली चलाएका थिए । दुई सुरक्षाकर्मी ढलेपछि उनिहरु कन्सुलेटको गेटतर्फ अगाडी बढेका थिए तर तत्काल त्यहाँ तैनाथ अन्य सुरक्षाकर्मीले दूतावासको मुल गेट बन्द गरेपछि उनिहरु भित्र भने जान सकेनन् ।
पाकिस्तानी सुरक्षा अधिकारीहरुले गोलीबारी बन्द भइसकेको बताउँदै पुलिस र रेन्जर्सले त्यहाँ सर्च अपरेसन चलाएको बताए ।
डन न्यूजका अनुसार आतंककारीले गोली सहित ग्रिनेड पनि प्रहार गरेका थिए जसबाट त्यहाँको वातावरण धूँवा र धुलोले उकुसमुकस भएको थियो । सिन्धुका प्रहरी प्रमुख सेद कलिम इमाम र त्यहाँका मुख्य मन्त्री मूराद साह घटनास्थल पुगेर अवलोकन गरिसकेका छन् ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले घटनाको अनुसन्धान गरि सत्यतथ्य बाहिर ल्याउन प्रहरी प्रशासन र सेना प्रमुखलाई निर्देशन दिएका छन् । चिनियाँ विदेश मन्त्री साह महम्मुद क्वेरेसीले पनि आक्रमणको योजनाकार र संलग्न व्यक्तिको चाँडो खोजी गर्न निर्देशन दिएका छन् । उनले पाकिस्तान र चिनबिच रहँदै आएको सुमधुर सम्वन्धलाई कायम राख्न आक्रमणमा सहभागी भएका मुख्य आक्रमणकारीलाई तत्काल कानुनको दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन् ।