सन्दिप लामिछानेको खराब प्रदर्शन

दियो पोस्ट  

काठमाडौं, ११ मंसिर , युइईमा भइरहेको टी १० लिगमा सन्दिप लामिछानेले खराब प्रदर्शन गरेका छन् । अघिल्ला तीन खेलमा राम्रो प्रदर्शन गरेका सन्दिपले गएराती भएको खेलमा पन्जाव लिजेन्डविरुद्ध खराब प्रदर्शन गरेका हुन् ।

कसिलो बलिङमा सन्दिपसहितका खेलाडी चुक्नु र रन पछ्यान नसक्दा उनको टिम पराजित हुन पुगेको हो । सन्दिपको केरला नाइट्सलाई पन्जावले १०८ रनको लक्ष्य दिएको तर, केरला ८.२ ओभरमा ७१ रनका अलआउट हुँदा ३६ रनले पराजित हुन पुग्यो ।

सन्दिप बलिङतर्फ सबैभन्दा महंगा सावित भए । दोस्रो ओभरमै ल्याइएका सन्दिपले एक छक्का र तीन चौका गरी १८ रन खान पुगे । छैटौं ओभरमा दुई चौकासहित १० रन दिएपछि दुई ओभरमा उनले विना विकेट २८ रन दिन पुगे । जुन उनको टिमका बलरमध्ये सबैभन्दा बढी रन हो । अरु सबै बलरले विकेट लिंदा सन्दिपले विकेट लिन सकेनन् ।

१०८ रनको सामान्य योगफल पछ्याए पछि ब्याट्सम्यानलेसमेत प्रभावकारी प्रदर्शन गर्न नसक्दा सन्दिपको टिम पराजित हुन पुग्यो । केरलाको लागि क्रिस गेलले मात्र दोहोरो अंकमा रन बनाए उनले १९ बलमा ३५ रन बनाए । तर, अरु खेलाडीको उच्च स्कोर ८ रनभन्दा माथि रहेन । सन्दिपले पनि एक बलमा एक बनाउँदै नटआउट रहे ।

सन्दिपको टिम ग्रुप एबाट तीन खेलमा तीन अंक बुटल्दै तेस्रै स्थानमा छ । उनको टिमले तीन खेलमा एक जित, एक हार र एक बराबरीको नतिजा निकालेको छ । यो समूहबाट पहिलो स्थानमा रहेको पख्तुनको ३ खेलबाट चार अंक छ ।