काठमाडौं,१२ मंसिर । सामाजिक सुरक्षा योजना लागू गर्ने दिन सरकारले निकै तामझाम सहित प्रचार गर्यो । निजी क्षेत्रमा कार्यरत श्रमिकहरुको लागि निकै महत्वपूर्ण मानिएको सामाजिक सुरक्षा योजना लागु गर्ने अवसर पारेर सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो पनि सडकको दायाँबायाँ झुण्डयाएको थियो । निकै ठूलो पर्व वा उत्सवजस्तै गरी प्रधानमन्त्रीको फोटोले रातारात शहर सिंङगारने काम भयो ।
प्रधानमन्त्री ओलीको चाहना वा प्रधानमन्त्रीलाई खुसी बनाउन श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सडकको दायाँयाबाँ फोटा झुण्डयाइएको थियो । दस गते बेलुकी ओलीको फोटोको व्यापक चर्चा भइसकेको थियो ।
केही महिना अघि भएको विमेस्टिेक सम्मेलनमा पनि प्रधानमन्त्री ओलीको फोटो राखेर ठुलठुला होडिङ वोर्ड सडकमा राखिएको थियो । उक्त होडिङ बोर्डको पनि प्रधानमन्त्री ओलीको व्यापक रुपमा आलोचना भएको थियो । अहिले सामाजिक सुरक्षा योजना लागू गर्ने अवसर पनि प्रधानमन्त्री ओलीको फोटो सडकभरी झुण्डयाएपछि उनको व्यापक रुपमा आलोचना भएको छ ।
सामाजिक सुरक्षा योजनाको सर्वत्र स्वागत भइरहे पनि प्रधानमन्त्री ओलीको तस्बीर सडकमा टाङगने कदमको भने नागरिकस्तरबाट व्यापक आलोचना भएको छ ।
सामाजिक सञ्जालमा त प्रधानमन्त्री ओलीलाई झन गाली गरिएको छ । जताततैबाट आलोचना हुने क्रम सुरु भएपछि सडकको दायाँबायाँ राखिएको प्रधानमन्त्री ओलीको तस्बीर एक रातमा हटाएको छ । अहिले सडकको सबै ठाउँबाट प्रधानमन्त्री ओलीको तस्बीर हटाइएको छ ।