ए डिभिजन लिगः पाचौं चरणको खेल आजदेखि, पहिलो खेलमा एनआरटी र पुलिस भिड्ने

दियो पोस्ट  

काठमाडौं, मंसिर १४ ।  शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि पाचौं चरणको खेल सुरु हुँदै छ । एन्फा मैदान ललितपुरमा विहान ११ बजे न्यूरोड टिम एनआरटी र विभागीय क्लब नेपाल पुलिसबीचको खेल हुनेछ । जारी लिगमा एनआरटीले एउटा खेलमा बराबरी गर्नु बाहेक बाँकी तीन वटा खेल गुमाउँदै तालिकाको पुछारमा रहेको छ ।

विगतका लिगमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाल पुलिस यस सिजनमा फर्ममा आउने प्रयासमा छ । ४ मध्य २ खेलमा जित एकमा बराबरी र एक खेलमा पराजित हुँदै ७ अंक जोडेको छ । छैटौं स्थानमा रहेको पुलिस शुक्रबारको खेल जित्दै केहीबेरका लागि भए पनि चौथो स्थानमा उक्लने प्रयासमा हुने छ ।

तर दिँउसो साढे २ बजे रुस्लान थ्री स्टार र अर्को विभागीय क्लब सशस्त्र प्रहरीको एपीएफ भिड्दै छन् । थ्री स्टारले तीन खेल जित्दा मनाङसँग भने पराजित भएको थियो । थ्री स्टारले जारी लिगमा ९ अंक जोड्दै चौथो चरणको समाप्तिमा चौथो स्थानमा राखेको छ । एपीएफले एक खेलमा जित, एकमा बराबरी गर्दा २ खेल गुमाएको छ ।

४ अंक जोडेको एपीएफ तालिकाको नवौं स्थानमा रहेको छ । चौथो चरणको समाप्तिमा सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ । उसले १२ अंक जोड्दा तीन खेलमा जित र एक खेलमा बराबरी गरेको त्रिभुवन आर्मी १० अंक सहित दोस्रो स्थानमा रहेको छ ।

यस्तो छ तालिका