कम्बोडियाका प्रधानमन्त्री हुन सेन पाटनमा ( फाेटाेफिचर )

diyopost.com
Diyo post  शुक्रबार, मंसिर १४, २०७५ | १४:३२:१७

 

ललितपुर, मङ्सिर १४ । कम्बोडियाका प्रधानमन्त्री हुन सेनले पाटन दरबार क्षेत्रको भ्रमणगरेका छन् ।

 

एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन आएका उनिसंग झण्डै ६० जनाको कम्बोडियाली प्रतिनिधिमण्डलले पाटन दरबार क्षेत्रको भ्रमण गरेको ललितपुर महानगरपालिकाले जनाएको छ । बिहान मङ्गलबजार पुग्नुभएका प्रधानमन्त्री हुन सेनले झण्डै एक घण्टा पाटन दरबार क्षेत्रमा रहेका सांस्कृतिक र ऐतिहासिक स्मारकको अवलोकन गरेका छन्। उनले हिरण्यवर्ण महाविहारमा पूजासमेत गरेका छन् ।

प्रधानमन्त्री सेनको स्वागतका लागि महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख गीता सत्याल, विभिन्न वडाका पदाधिकारीलगायत उपस्थित थिए । महानगरपालिका प्रमुख महर्जनले कम्बोडियाका प्रधानमन्त्रीले गर्नुभएको भ्रमणले यस क्षेत्रको प्रचारप्रसारमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने, “यहाँ आएका विशिष्ट पाहुनाले सम्पदाका बारेमा केही जानेर अरुलाई केही बुझाउनेछन् ।” प्रधानमन्त्री सेनले यहाँका सम्पदाका बारेमा उत्सुकतापूर्वक जानकारी लिनुभएको प्रमुख महर्जनले जानकारी दिए ।

 

सम्बन्धित खबर