
काठमाडौं, २० कार्तिक । भारतले नेपाली भूमि लिपुलेक र लिम्पुयाधारालाई आफ्नो नक्सामा समावेश गरेपछि नेपाल सरकार मौन छ । तर, सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने विरोध गरेका छन् । भारतले लिपुलेकमा गरेको हस्तक्षेप अस्विकार्य भएको उनले दाङबाट बताएका हुन् ।
दाङको घोराहीमा प्रेस संगठन नेपालले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले भने,‘यसबारेमा मैले पूर्ण रुपमा बुझ्न पाएको छैन ।
तर, भारतले यस किसमको काम गरेको छ भने त्यो कदापी शैह्य हुँदैन सीमाका विषयमा हामीकुनै पनि किसमको सम्झौता गर्ने पक्षमा छैंनौं ।’
अध्यक्ष दाहालले लिपुलेकको विषयमा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटेरै असहमति जनाएको बताएका छन् ।
‘भारत भ्रमणका क्रममा प्रधानमन्त्री मोदीसंग यस विषयमा मैले स्पष्ट कुरा राखेको थिएँ,’ उनले भने,‘तर भारतले फेरि पनि एकतर्फी हस्तक्षेप गरेको मान्य हुँदैन । सरकारले तत्काल यस विषयमा कुटनैतिक पहल गर्नेछ ।’