बंगलादेशमा हुने एसिया कप क्रिकेटका लागि नेपाली टीमको घोषणा

बंगलादेशमा हुने एसिया कप क्रिकेटका लागि नेपाली टीमको घोषणा

काठमाडौं, कार्तिक २१ । बंगलादेशमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटका लागि नेपालले राष्ट्रिय क्रिकेट टीमको घोषणा गरेको छ । नेपाली टिमको कप्तानी ज्ञानेन्द्र मल्लले गर्ने छन ।
नेपाल क्रिकेट संघ क्यानले बुधबार राति इमर्जिङ एसिया कप खेल्ने १५ सदस्सीय नेपाली टिमको घोषणा गरेको हो ।
नेपाली टिममा निर्वतमान कप्तान पारस खड्का र सन्दीप लामिछाने अटाएका छैनन । दुवै जना युएईमा आयोजना हुने टी १० क्रिकेटको कारण टिम बाहिर रहेका हुन । नेपाली टिममा कुशल भुर्तेलले पहिलोपटक स्थान बनाएका छन् । प्रतियोगिता नोभेम्बर १२ देखि २४ सम्म हुनेछ ।
नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा भारत,बंगलादेश र हङकङ रहेका छन ।
नेपाली टीमामा ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, ललित नारायण राजवंशी, पवन सर्राफ, सन्दीप जोरा, सुशन भारी, इशान पाण्डे, आरिफ शेख, अविनास बोहरा र कुशल भुर्तेल रहेका छन् ।

Trending News