काठमाडौं, कार्तिक २२ । इरानमा चलिरहेको एएफसी यू–१९ छनोट प्रतियोगितामा आज नेपालले इरानसँग प्रतिष्पर्धा गर्दैछ । घरेलु टोलीसँग खेल्न लागेको नेपाली टोलीलाई आज जित्नैपर्ने दबाब छ ।
तेहरानमा हुने खेल नेपाली समय अनुशार साँझ आठ बजे हुनेछ । पहिलो खेलमा युएईसँग ४–० को भारी अन्तरले पराजित भएको नेपाललाइ छनोट हुने सम्भावना कायम राख्नका लागि बाँकी दुई खेल जित्नै पर्नेछ ।
इरानले भने पहिलो खेलमा किर्गिज गणतन्त्रलाई ३–० ले हराएको थियो । छनोट प्रतियोगिताको सबै समूहमा चार–चार टिम छन् र समूहको शीर्ष टोलीले समूह चरणमा स्थान बनाउनेछन् । दोस्रो स्थानका उत्कृष्ट पाँच टिम पनि समूह चरणमा पुग्नेछन् ।