सीमा विवादबारे राष्ट्रिय धारणा तय गर्न प्रधानमन्त्रीको आह्वानमा दिउँसो सर्वदलीय बैठक बस्दै

सीमा विवादबारे राष्ट्रिय धारणा तय गर्न प्रधानमन्त्रीको आह्वानमा दिउँसो सर्वदलीय बैठक बस्दै

काठमाडौं, कार्तिक २३ । प्रधानमन्त्री केपी ओलीले भारतसँगको सीमाविवादबारे राष्ट्रिय धारणा तय गर्न भन्दै सर्वदलीय परामर्श बैठक बोलाएका छन् । बैठक शनिबार दिउँसो ४ बजेका लागि आह्वान गरिएको हो । पूर्वप्रधानमन्त्रीसहितको बैठकमा प्रमुख राजनीतिक दलका नेतालाई बोलाईएको छ ।
नेपाली भूमि कालापानी क्षेत्र समेट्ने गरी भारतले आफ्नो नयाँ नक्सा सार्वजनिक गरेपछि सरकार राष्ट्रिय धारणा बनाएर अघि बढ्ने तयारीमा लागेको हो । भारतसँगको सीमाविवादमा प्रमुख प्रतिपक्ष कांग्रेससहित संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको एउटै धारणा तय गर्नका लागि प्रधानमन्त्रीले बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ ।

छलफलमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, पूर्वपरराष्ट्रमन्त्रीहरूसहितलाई बोलाईएको छ ।
यस्तै छलपलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्रविद्, सीमाविद्, विभिन्न राजनीतिक दलका नेताहरू, नापी विभागका महानिर्देशकलगायतलाई पनि डाकिएको छ । नापी विभागले प्रस्तुत गर्ने नक्सा, तथ्य–प्रमाणका आधारमा छलफल गर्ने र सुझाबसहितको निष्कर्षका आधारमा भारतसँग संवाद अघि बढाउने सोचमा प्रधानमन्त्री ओली रहेको स्रोतले जनाएको छ ।

Trending News