
काठमाडौँ, कात्तिक २४ । सुदुरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजिनामा दिएका छन् । उनले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजिनामा बुझाएका हुन् ।
कञ्चनपुरको महेन्द्रनगरस्थित जनज्योति बहुमुखी क्याम्पसको शेयर बिक्रिमा सरकारी कागज कीर्ते गरेको अभियोगमा गत बर्षको साउनमा राज्यमन्त्री रावलसहित ३६ जना बिरुद्ध जिल्ला अदालतमा मुद्धा दर्ता भएको थियो ।
उक्त मुद्धामा रावल साधारण तारेखमा रिहा भएका छन् । साधारण तारेखमा रिहा भएपनि नैतिकताको आधारमा पदबाट राजिनामा दिएको उनले बताएका छन् ।
३६ जना आरोपीमध्ये अदालतमा उपस्थित भएका १२ जना पनि कार्तिक ६ गते साधारण तारेख र केही धरौटीमा रिहा भएका छन्।