‘कालापानी हाम्रो हो’ भन्दा प्रहरीको लाठी , दर्जनौँ पक्राउ

दियो पोस्ट  

काठमाडौँ, कात्तिक २४ । भारतले सार्वजनिक गरेको नक्सामा नेपाली भुमिसमेत समावेश भएको विरोधमा आइतबार राजधानीको माइतीघरमा प्रदर्शन भएको छ ।

कालापानी हाम्रो हो, भारतीय ज्यादती बन्द गर लगायतका नारा लगाइरहेका प्रदर्शनकारीहरुमाथि प्रहरीले लाठी चलाएको छ ।

आन्दोलनकारीमाथि लाठी चार्ज गरिसकेपछि प्रहरीले दर्जनौलाई पक्राउ समेत गरेको छ ।

पक्राउ पर्नेहरुमध्य तीन जना सरकारबाट प्रतिवन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको कार्यकर्ता समेत रहेको प्रहरीले जनाएको छ ।