काठमाडौं, कार्तिक २५ । राष्ट्रति विद्यादेवी भण्डारीले फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्नसकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गरेकी छिन् ।
किराँत धर्मावलम्बीको महागुरु फाल्गुनन्द जयन्तीका अवसरमा एक शुभकामना सन्देश दिदै स्वदेश तथा विदेशमा रहेका किराँत धर्मावलम्बी दाजुभाई तथा दिदीबहिनीमा शुभकामना दिएकी छन् ।
फाल्गुनन्दले किराँत धर्म र संस्कृतिमा महत्वपूर्ण योगदान पु¥याएकामा उच्च कदर गर्दै सरकारले राष्ट्रिय विभूति घोषणासमेत गरेको राष्ट्रपति भण्डारीले स्मरण गरेकी छिन । पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम झापालगायतका पूर्वी पहाडी जिल्लामा धार्मिक अनुष्ठान, पूजापाठलगायतका कार्यक्रम आयोजना गरी जन्मजयन्ती मनाउने गरिएको राष्ट्रपति भण्डारीको सन्देशमा उल्लेख छ ।
भण्डारीले फाल्गुनन्दको प्ररणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्वास आफूले लिएको उल्लेख गरेकी छिन ।