ठगीको आरोप लागेका मन्त्री प्रकाश रावलको राजिनामा स्वीकृत

दियो पोस्ट  

अत्तरिया, कार्तिक २५ । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले दिएको राजीनामा स्वीकृत गरिएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले उनले दिएको राजीनामा आइतबार नै स्वीकृत गरिसकेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले बताए ।
रावलले आइतबार नै मुख्यमन्त्री भट्टलाई राज्यमन्त्री पदबाट राजीनामा दिएका थिए । उनले प्रयोग गर्दै आएको सरकारी गाडीको चाबीसमेत मुख्यमन्त्रीलाई बुझाएको जनाइएको छ । कञ्चनपुरको जनज्योती बहुमुखी क्याम्पसको शेयर बिक्रीमा संलग्नताको आरोप लागेपछि नैतिकताका आधारमा रावलले राजीनामा दिएको बताइएको छ ।