काठमाडौं, कार्तिक २५ । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्का सोमबार युएई जाँदैछन् । क्रिकेटको पछिल्लो फर्म्याट टी-१० प्रतियोगिता खेल्न उनी युएई जान लागेका हुन् ।
राष्ट्रिय टोलीको जिम्मेबारीबाट केहि समयका लागि बिश्राम लिएका उनी पहिलोपल्ट बिदेशी फ्रेन्चाइज लिग खेल्दैछन् ।
यसअघि सन्दीप लामिछाने र सोमपाल कामीले मात्र बिदेशी लिगमा खेलेका थिए । पारसले टी १० को ड्राफ्टमार्फत टिम आबुधावीमा अनुबन्धित भएका हुन् । उनले १० हजार डलर पारिश्रमिक पाउनेछन् ।
प्रतियोगिता कात्तिक २९ देखि मंसिर ८ गतेसम्म हुनेछ ।
टी(१० लिगमा ८ टिमको सहभागिता छ र उनीहरुलाई २ समूहमा विभाजन गरिएको छ । समूह बी मा रहेको पारसको टिम आबुधावीले कात्तिक २९ गते क्वालान्दर्ससँग प्रतिस्पर्धा गर्नेछ ।