
काभ्रे, कात्तिक २५ । काभ्रेको नमोवुद्धमा बस दुर्घटना भएको छ । जिल्लाको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बा ४ ख ३३१९ नम्वरको बस नमोवुद्ध नगरपालिका वडा नम्बर २ मा दुर्घटना भएको हो ।
बसमा २५ जना यात्रु रहेको र दुर्घटनामा परी सबै यात्रु घाइते भएका छन् । घाइते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
घाइतेहरुमा सविना वाइवा, संयोग मोक्तान, रुपा मैनाली, कुन्सन मोक्तान, कर्ण चन्द, रोज स्याङताङ, टिका खनाल, सुवास घिसिङ, पंकज तामाङ, शुकुमान तामाङ, विकास लामा, मिलन तामाङ, अस्मिता लामा, विवृक तामाङ, रामशुभेन न्यौपाने, सन्देश तामाङ, सुनिल तामाङ, मनबहादुर तामाङ, जयवीर चन्द, सुनिल मैनाली, लक्ष्मण मोक्तान, चेतमान घलान, विवेक तामाङ रहेका छन् । घाइतेमध्य एक पुरुषको परिचय नखुलेको जिल्ला प्रहरी कार्यलय काभ्रेपलाञ्चोकले जनाएको छ ।

घाइते यात्रुहरुलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको जनाइएको छ ।