काठमाडौँ, कात्तिक २६ । १७ औँ पटक अनसनरत डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन् । देशमा सिमा विवादको मुद्धा चर्किएपछि सोमबार नौवौ डा. केसीले अनसन स्थगित गरेका हुन् ।
सोमबार एक विज्ञप्ती जारि गर्दै डा. केसीको सत्याग्रह स्थगित भएको घोषण गरिएको छ ।
‘राष्ट्रियताको संवेदनशील विषयमा देशभर आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई गम्भीरतालाई ख्याल गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं,’ डा. केसीले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
डा. केसीले आमरण अनसन शुरु गरेको केही दिनमै नेपाल र भारतको सिमा विवाद चर्किएको थियो । भारतले नेपालको भुभाग आफ्नो नक्सामा समेटेर सार्वजनिक गरेपछि सारा देशभरि विरोध चर्किएको छ । डा. केसीको माग भन्दा सिमा विवादको समस्या समाधानमा सरकार लागेको छ ।
कात्तिक १८ देखि डा. केसीले सरकारसंग ७ बुँदे माग राख्दै अनसन बसेका थिए ।
के थियो डा. केसिको माग
१. २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस् ।
२. विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाव अनुरूप निष्पक्ष र पारदर्शी ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस् ।
३. आदोलनरत मेडिकल विद्यार्थीहरुका मागहरु पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको सम्पूर्ण रकम फिर्ता गरियोस् । अरबौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका संचालकहरुलाई फौजदारी कानून बमोजिम कडाभन्दा कडा कारवाही गरियोस् ।
४.संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा वृद्धि गर्नेसम्बन्धी लगायतको निर्णय तत्काल खारेज गरियोस् ।
५.कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस कार्यक्रम संचालन गर्नुपर्ने । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एमडिजिपि कार्यक्रम संचालन गर्ने अनुमति अनुचित ढङ्गले प्रधानमंत्री कार्यालयले अडकाएर राखेकाले त्यसलाई तुरुन्त स्वीकृति दिँदै शीघ्र एमबीबीएस कार्यक्रम संचालन गर्ने व्यवस्था गर्नुपर्ने । प्रदेश नं २ र ४ तथा डोटी र डडेल्धुरा, उदयपुर र इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनु पर्ने ।
६. संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा दलीय भागवण्डाबाट नभई पीडितको विश्वास जित्ने विज्ञहरुलाई नियुक्त गर्नुपर्ने ।