काठमाडौँ, कात्तिक २६ । वंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले भक्तपुर दरबार स्क्वायरको भ्रमण गरेका छन् । मंगलबार त्रिभुवन विमानस्थल अवतरण गरेका हमिद हेलिकप्टर चढेर भक्तपुर दरबार स्क्वायर पुगेका थिए ।
दरबार स्क्वायरमा राष्ट्रपति हमिदले मन्दिर तथा कलाकृतीहरुको अवलोकन गरेका थिए ।
दरबार परिसरमा राष्ट्रपति हमिदको सम्मानमा सांस्कृतिक प्रस्तुती पनि देखाइएको थियो ।
राष्ट्रपति हमिदलाई भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतीले स्वागत गरेका थिए ।