कपडा बेच्न घर–घर आएका भारतीय व्यापारीले युवतीको मुख छोपेर जबरजस्ती करणी प्रयास गरेपछि….

कपडा बेच्न घर–घर आएका भारतीय व्यापारीले युवतीको मुख छोपेर जबरजस्ती करणी प्रयास गरेपछि….

धादिङ, कात्तिक २८ । भारतीय कपडा व्यापारीले धादिङमा एक महिलामाथि यौन दुव्र्यवहारको प्रयास गरेका छन् । जिल्लाको गजुरी गाउँपालिका वडा नम्बर ६ बन्छेटारमा कपडा बेच्दै हिँडेका एक व्यापारीले स्थानिय महिलामाथि जबरजस्ती करणीको प्रयास गरेका हुन् ।

घरघरमा कपडा बेच्दै हिँडेका उक्त व्यापारीले महिलालाई एक्लै देखेपछि घरभित्र लगेर झ्याल ढोका बन्द गरेर जबरजस्तीकरणीको प्रयास गरेको स्थानीयहरुले बताएका छन् । आफुमाथि दुव्र्यवहार हुन लाग्दा जसोतसो ती महिला उम्केर चिच्याउँदै भागेकी थिईन् । महिला भागेपछि ती व्यापारीपनि नजिकैको जंगलबाट भागेका थिए ।

स्थानीयवासिन्दाहरुले घटनाबारे थाहा पाएपछि तत्काल ती व्यापारीको खोजी गरि इलाका प्रहरी कार्यलय गजुरीमा बुझाएको बताइएको छ । अहिले पीडित महिला र अभियुक्त इलाका प्रहरी कार्यलय गजुरीमा रहेका छन् । उनिहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यलय धादिङ पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यलय गजुरीका प्रहरी निरिक्षक भोजराज पाण्डेले दियोपोस्टलाई जानकारी दिएका छन् ।

घटनाको विषयमा जिल्ला प्रहरी कार्यलय धादिङले अनुसन्धान गरेपछि मात्रै बोल्न मिल्ने प्रहरी निरिक्षक पाण्डेले बताएका छन् । ‘अभियुक्तको परिचय खुलिसकेको भएपनि सार्वजनिक गर्न मिल्दैन ’, उनले भने, थप अनुसन्धान भएपछि मात्रै एक्सपोज गरौँला ।’

Trending News