एनसेल करछलीबारे आज फैसलाको पूर्णपाठ सुनाउने सर्वोच्चको तयारी

एनसेल करछलीबारे आज फैसलाको पूर्णपाठ सुनाउने सर्वोच्चको तयारी

काठमाडौं, कार्तिक २९ । सर्वोच्च अदालतले एनसेलको पुँजीगत लाभकर सम्बन्धी विवादका सम्बन्धमा आज शुक्रबार फैसलाको पूर्णपाठ सुनाउने तयारी गरेको छ । एनसेलले कार्तिकभित्रै फैसलाको पूर्णपाठ सुनाउन माग गरिरहेको थियो ।

एनसेलबारे सर्वोच्चको संक्षिप्त आदेश यसअघि नै आए पनि फैसलाको पूर्णपाठ भने आएको थिएन । यसअघि सर्वोच्चले एनसेलबाट १८ अर्ब कर असुल्न नपर्ने संक्षिप्त आदेश सुनाएको थियो ।

अदालतको आदेश बदनीयतपूर्ण रहेको भन्दै संसदीय समितिले अध्ययन गर्न समिति गठन गरेको थियो । आज सर्वोच्चले सुनाउने फैसलाको पूर्णपाठलाई निक्कै चासोका साथ हेरिएको छ ।

न्यायाधीशहरु एनसेल फैसलाको पूर्णपाठबारे एकमत भइसकेका छैनन् तर आजै पूर्णपाठ सुनाउने गरी तयारी भने भइरहेको छ। मंसिर लागेपछि एनसेलले एक महिनाको थप कर तिनुपर्ने भएकोले सकभर आजै पूर्णपाठ सुनाइने तयारी भएको हो ।

Trending News