
बाँके, कात्तिक २९ । नेपाल तरुणदलका कार्यकर्ताहरुले बाँके जिल्ला बन्दको आह्वान गरेको छ । नेपाल तरुणदलका नेपालगंज नगर सभापती सन्दीपसिंह शाहको रिहाइको माग गर्दै शुक्रबार बिहानै देखि तरुण दलका कार्यकर्ताहरुले जिल्ला बन्द गरेका हुन् ।
तरुण दलले आह्वान गरेको बन्दका कारण नेपालगंजको जनजीवन प्रभावित भएको छ । बन्दका कारण राजमार्ग ठप्प छन् भने भित्रि सडकहरुमा समेत सवारी साधन नचल्दा यात्रुहरु मारमा परेका छन् ।
नगरसभापती शाहलाई गत कात्तिक १४ गते साँझ सोही नगरपालिका वडा नम्बर २० मा रहेको नमस्ते भिलेज रेस्टुरेन्टबाट अमेरिकन पेस्तोल र त्यसमा लाग्ने गोलीसहित पक्राउ गरिएको थियो ।
तरुणदलले भने नगरसभापती शाहलाई प्रहरीले फसाएको आरोप लगाएका छन् । कोहलपुरका डिएसपी हेमबहादुर शाहील दशैँमा खशि मागेको अडियो नै सार्वजनिक भएपछि उनि विवादमा समेत तानिएका थिए । तरुणदलले आफुहरुसँग पनि डिएसपीले खशि मागेको तर नदिएपछि सभापतीलाई नै जालझेल गरेर फसाउन लागेको बताएका छन् ।