सचिवालयमा विष्णु रिमाल र राजन भट्टराईलाइ यथावत् राख्ने प्रधानमन्त्रीको निर्णय

सचिवालयमा विष्णु रिमाल र राजन भट्टराईलाइ यथावत् राख्ने प्रधानमन्त्रीको निर्णय

काठमाडौँ, कात्तिक २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार राजन भट्टराईलाई सचिवालयमा यथावत राख्ने निर्णय गरेका छन् । शुक्रबार प्रधानमन्त्री ओलीले रिमाल र भट्टराईको राजिनामा अस्वीकृत गरेर उनिहरुलाई सचिवालयमै राख्न प्रधानमन्त्रीले इच्छा देखाएका छन् ।

प्रधानमन्त्रीको निर्देशनअनुसार केही दिनअघि सचिवालयका कर्मचारीहरुले राजिनामा बुझाएका थिए । प्रधानमन्त्री समक्ष राजिनामा बुझाएका १३ जना मध्य ६ जनाको राजिनामा स्वीकृत भएको छ । प्रेस सल्लाहकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी, सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेलको राजीनामा स्वीकृत भएको प्रधानमन्त्री सचिवालय स्रोतले जानकारी दिएको छ।

सचिवालय स्रोतका अनुसार प्रधानमन्त्रीको सचिवालयका प्रमुख सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस विज्ञ रामसरण बजगाईँ लगायत भने यथावत रहेका छन्।

Trending News