अफ्ताव आलमलाई थुनामा राख्न अदालतको आदेश

अफ्ताव आलमलाई थुनामा राख्न अदालतको आदेश

काठमाडौँ, कात्तिक २९ । नेपाली काँग्रेसका निलम्वित सांसद मोहम्मद आफताव आलमलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश गरेको छ । शुक्रबार जिल्ला अदालत रौतहटका न्यायधीश दिपक ढकालको इजलासले आलमलाई थुनामा राख्न आदेश गरेको हो ।

शुक्रबार आलम पक्षको अधिवक्ताहरुको बहस सकाएपछि फैसला भएको हो ।

ज्यान मार्ने कसुर, ज्यान मार्ने उधोग र विष्फेटक पदार्थ गरी तीनवटा मुद्दामा पक्राउ रौतहट क्षेत्र–२ का नेपाली काँग्रेसका निलम्बित सांसद मोहम्मद आफताब आलमको पक्षमा अधिवक्ताहरुले सोमवारदेखि बहस गरेका थिए ।

आलमको पक्षका गत सोमबारदेखि नै बहस चलेको थियोे । आलमको पक्षबाट बरिष्ठ अधिवक्ता रमण श्रेष्ठ लगायत पाँच जना वरिष्ठ अधिवक्तासहित ३० जना अधिवक्ताहरुले बहस गरेका थिए । त्यस्तै पीडित पक्षको तर्फबाट भने १२ जनाले बहस गरेका थिए ।

संविधानसभाको पहिलो निर्वाचनको समयमा आलमले वुथ कब्जा गर्न तथा आतंक फैलाउनका लागि बम बनाउन लागेका थिए । तर बनाउदै गरेको बम विस्फोट भएर २० जना भन्दा बढी मानिसहरु घाइते भएका थिए । आलमले घाइतेहरुलाइ ज्यूँदै इट्टाभट्टामा हालेर जलाएका थिए ।

Trending News