मृगौला प्रत्यारोपणको निष्कर्षमा प्रधानमन्त्री, प्रचण्ड र ईश्वर पोखरेललाई कार्यवाहक बनाउने तयारी

मृगौला प्रत्यारोपणको निष्कर्षमा प्रधानमन्त्री, प्रचण्ड र ईश्वर पोखरेललाई कार्यवाहक बनाउने तयारी

काठमाडौँ, मंसिर १ । हप्तामै तीन पटकसम्म मृगौलाको डायलासिस गराउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः मृगौलाको प्रत्यारोपण गर्ने भएका छन् । आइतबारका नयाँ पत्रिका दैनिकका अनुसार प्रधानमन्त्रीले मृगौला प्रत्यारोपण गर्ने निर्णय लिएका छन् ।

प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण गर्दा तीनदेखि पाँच महिनासम्म आराम गर्नुपर्ने हुन्छ । त्यसैले प्रधानमन्त्री ओलीले जिम्मेवारी हस्तान्तरणको सोच समेत बनाएका बताइएको छ । पार्टीको उच्च तह तथा शीर्ष नेताहरुबिच समेत यसको बारेमा गहन छलफल चलिरहेको नेकपा स्रोतले बताएको छ ।

स्वास्थ्य अवस्था प्रतिकुल रहँदा कार्यवाहकको जिम्मेवारी प्रचण्ड र ईश्वर पोखरेललाई दिने तयारी भएको समेत सरकारी उच्च स्रोतको दावि छ । पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी पुष्पकमल दाहाल प्रचण्डलाइ दिँदै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री ईश्वर पोखरेललाई दिइने तयारी रहेको बताइएको छ ।

पछिल्लो समय नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबिच आन्तरिका तिक्तता रहेको कारण समेत प्रधानमन्त्री ओलीले प्रचण्डलाई जिम्मेवारी हस्तान्तरण गर्न हिचकिचाएको विष्लेशकहरुको भनाई रहेको छ । पछिल्लो पटक मन्त्रिपरिषद् हेरफेर, सभामुख चयन, स्थायी कमिटी बैठक आह्वान, संवैधानिक र द्वन्द्वकालीन न्यायसम्बन्धी आयोगहरुमा पदाधिकारी नियुक्तिका विषयमा उनीहरुबीच सहमति नजुटेको समचार प्रकाशित गरेको छ । यति धेरै वार्ता भइरहँदा पनि उनीहरुबीच बेला–बेला सार्वजनिकरुपमै विवाद र असन्तुष्टि देखिने गरेका छन् ।

Trending News