नेकपा सचिवालय वैठक बस्दै, दुई अध्यक्षको कार्यविभाजनबारे छलफल हुने

दियोपोस्ट संवाददाता

काठमाडौैँ, मंसिर १ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय वैठक आइतबार बस्ने तयारी भइरहेको छ । पटकपटक स्थगित हुँदैै आएको सचिवालय वैठक आइतबार अपराह्न ४ बजे बस्न लागेको हो ।

वैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था र जिम्मेवारी हस्तान्तरणको विषयमा पनि छलफल हुने नेकपा सचिवालय स्रोतले जनाएको छ । बैठकमा पार्टीको प्रवास कमिटिको जिम्मेवारी तोक्ने र स्थायी समितिको बैठक बोलाउने बारेमा छलफल हुनेछ । बैठकमा दुई अध्यक्षहरुको कार्यविभाजको बारेमा छलफल हुने स्रोतहरुले जनाएको छ ।

दुवै अध्यक्षबीचको कार्यविभाजनपछि मात्रै मन्त्रिपरिषद पुनर्गठन गरिनेछ । आजको सचिवालय बैठकबाट कार्यविभाजनको निर्णय यदि भएन भने यस्तो निर्णय गर्नका लागि स्थायी समिति बैठक बोलाउने सहमती पनि हुन सक्ने बताइएको छ ।

यता, पुनः मृगौला प्रत्यारोपण गर्ने तयारीमा रहेका ओली कम्तीमा तीनदेखि पाँच महिना आराममा बस्नुपर्ने भएकाले त्यसअघि पार्टी तथा सरकारको जिम्मेवारी हस्तान्तरण गर्ने सोचमा छन् । त्यसका लागि नेताहरुसँग प्रारम्भिक छलफल गरेपनि सचिवालय बैठकमार्फत सहमति गराएर मात्रै सार्वजनिक गर्ने ओलीको तयारी छ ।

सम्बन्धित खबर

सिफारिस