अध्ययनको दाबी-यौनबारे धेरै सोच्ने मानिसहरुले झुटो बोल्छन्

दियोपोस्ट संवाददाता

काठमाडौं, मंसिर २ । यौनबारे सोचिरहेको मानिसले झुटो बोल्ने सम्भावना बढी हुने एक अध्ययनले देखाएको छ ।

अध्ययन गर्ने क्रममा सहभागि भएका व्यक्तिहरुलाई यौन उत्तेजना बढ्ने तस्बिर देखाउँदा उनीहरूले आफूबारे बढाइचढाइ गरेर कुरा गरेको पाईएको बीबीसीले खबरलेखेको छ ।

जर्नल अफ एक्स्पेरिमेन्टल साइकोलजीले गरेको अध्ययन अनुसार धेरै यौन ईच्छा हुने व्यक्तिहरुले धेरै नै झुट बोल्ने गरेको स्पष्ट पारिएको छ ।
अनुसन्धानका क्रममा एउटा समूहलाई यौन उत्तेजक तस्वीर र अर्को समूहलाई सामान्य तस्वीर देखाईएको थियो ।

उनीहरुले आफूले यौन सम्बन्ध राखेका व्यक्तिको संख्या पनि ढाँट्ने र वास्तविकता भन्दा अर्कै कुरा बताउने गरेको पनि अध्ययनको दाबी छ ।
अध्ययनको निष्कर्ष छ- आकर्षक तर अपरिचित व्यक्तिसँग सम्बन्ध विस्तार गर्न मानिसहरु आफूलाई जे मन लाग्यो त्यहि गर्छन र भन्छन्