एसीसी इमर्जिङ कपः नेपालद्धारा बंगलादेशसामु १ सय ३९ रनको लक्ष्य प्रस्तुत

एसीसी इमर्जिङ कपः नेपालद्धारा बंगलादेशसामु १ सय ३९ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, मंसिर २ । बंगलादेशमा जारि एसीसी इमर्जिङ कप अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई १ सय ३९ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४ ओेभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय ३८ रन बनाएको थियो ।

खराब शुरुवात गरेको नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३८ रन बनाए । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २२ रन बनाए भने कुशल भुर्तेलले १० बनाए । निकै आशा गरिएका ब्याट्सम्यान शरद भेष्वाकर एक रनमै आउट भए भने दिपेन्द्रसिंह ऐरि ६ रनमै पवेलियन फर्के । आरिफ सेखले ११ रन बनाउँदा पवन सर्राफ ९ रनमै मैदान बाहिरिए भने सन्दीप जोरा र विनोद भण्डारी ८ रन बनाउँदै पवेलियन फर्के ।

निकै खराब प्रदर्शन गरिरहेको नेपाललाई करण केसीले पुनरागमन गराउन सक्छन् भन्ने झिनो आशा बाँकी रहेको थियो । क्रिजमा आएका केसीले सोमपाल कामीको साझेदारीमा ५० रन बनाए । केसीले ४७ बल खेलेर एक चौका र एक छक्काको मद्धतले व्यक्तिगत १८ रन बनाउँदै मैदान छाडे । सोमपाल सोमपाललले ६३ बलमा एक चौका प्रहार गर्दै ३८ रन बनाए ।

बलिङतर्फ बंगलादेशका मिनहाजुल अबेदिन अफ्रिदीले तीन विकेट लिए भने तानबीर इश्लाम र सुमोन खानले दुई दुई विकेट लिए ।

अघिल्ला दुई मध्ये एकमा जित र एकमा पराजय भोगेको नेपाललाई सेमिफाइनलमा स्थान बनाउनका लागि बंगलादेशविरुद्धको जित अनिवार्य छ ।

Trending News