यी १० खराब बानी जसले तपाईंलाई कहिल्यै धनी बन्न दिँदैन

यी १० खराब बानी जसले तपाईंलाई कहिल्यै धनी बन्न दिँदैन

मानिस धनी हुन चाहान्छ तर आफ्नै बानी व्यहोराको कारण ऊ गरिबीको शिकार बनिरहेको हुन्छ । आउनुहोस् तपाईंलाई हामी धनि बन्न बाधा पुर्याउने तपाईंका बानिहरुबारे जानकारी गराउनेछौं ।

१. धेरै मान्छेहरुलाई आफ्नो बाथरुम फोहर राख्ने बानी परेको हुन्छ । नुहाई सकेपछि बाथरुम सफा गर्नुपर्छ । शास्त्रका अनुसार यो नराम्रो बानी हो । बाथरुम फोहर छोड्दा चन्द्रमाको स्थिति खराब हुन्छ । त्यसकारण आर्थिक समस्या आउँछ । यसकारण बाथरुम सधै सफा गर्नुपर्छ ।

२ थालीमा खाना छोड्नु हुँदैन । धेरै मान्छेहरु आवश्यक भन्दा बढी खाना थालीमा पस्कन्छन् । त्यो खाना नखाएर थालमा नै छोड्छन् । शास्त्रका अनुसार थालीमा खाना छोड्नु राम्रो होइन ।

३. यदि खाना खाएर धेरै समयसम्म जुठा भाडा राखेमा शनिको नराम्रो असर पर्छ । यदि खाना खाने बित्तिकै जुठा भाडा धुयो भने लक्ष्मी माताको कृपा हुन्छ र समृद्धि बढ्छ ।

४ कयौ पटक हामीहरु घरका साना साना कुरामा ध्यान दिँदैनौ । तर शास्त्रका अनुसार यस्ता साना साना कुरा पनि महत्वपूर्ण हुन्छन् । यदि सधै आफ्नो बिस्तरा सफा गरिएनभने घरमा गरिबी लाग्छ । यसकारण सधै पुरा घरलाई सफा गर्नु पर्छ । यसको साथै बिस्तरा पनि सफा गर्नु पर्छ ।

५ शास्त्रमा बिस्तरा सफा गर्ने कुरा भनिएको छ तर यस कुरा ध्यान दिनु पर्छ कि विस्तरा सफा गर्ने काम बिहानै गर्नु पर्छ । राती विस्तरा सफा गर्दा नकारात्मक असर पर्छ ।

६ आफु नजिक कहिल्यै थुक्नु हुँदैन । थुकेमा गरिबी आउछ । शास्त्रका अनुसार आफुवरिपरि थुकेमा लक्ष्मीमाता दुखि हुन्छन् । यसकारण बाटोमा अथवा घर नजिक थुक्नु हुदैन ।

७ शास्त्रका अनुसार सूयास्त पछि झाडु लगाउनु हुदैन । यस्तो गर्दा अशुभ मानिन्छ । यदि तपाईले सूर्योदयपछि सफाइ गर्नुको अर्थ हो आफ्नो खुशि सफाइ गर्छ । ।

८ आफ्नो घरको उत्तर दिशामा सकारात्मक वस्तु राख्नु पर्छ । यस दिशामा सफाइमा ध्यान दिनु पर्छ किन कि यस दिशामा लक्ष्मीको बास हुन्छ ।

९ धन आगमनको लागि प्रयोग गरिएका वास्तु चिन्ह घरको उत्तर पूर्व दिशामा राख्नु पर्छ । यस दिशामा रोशनी हुनु पर्छ । ठूला वस्तु यो दिशामा राख्नु हुदैन ।

१० यदि तपाई आफ्नो घरमा धनका देवता कुबेरको स्थापना गर्न चाहनु हुन्छ भने उत्तर दिशामा स्थापना गर्नु पर्छ । शास्त्रका अनुसार यस दिशामा पूजा घर बनाउनु शुभ हुन्छ । सुख र शान्ति छाउँछ ।

Trending News